२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

परिवर्तन गाउँपालिकाले गर्‍यो खेलाडीहरूलाई सम्मान

shivam cement
सुर्य प्रकाश बुढा मगर
२०८१ फागुन १५ गते १९:१९
Shares
परिवर्तन गाउँपालिकाले गर्‍यो खेलाडीहरूलाई सम्मान

रोल्पा : रोल्पाको परिवर्तन गाउँपालिकाले महिला खेलाडीहरूलाई सम्मान गरेको छ । बिहीबार परिवर्तन गाउँपालिकाको सभाहल पुतलाचौरमा खाडा, अबिर र प्रमाणपत्रले खेलाडीहरूलाई सम्मान गरिएको हो ।

सनस्टार युवा क्लबले लिबाङ रोल्पाको १३औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको जिल्लास्तरीय खुल्ला महिला भलिबल प्रतियोगितामा परिवर्तन गाउँपालिकाबाट सहभागी भइ बुधबार टुँडिखेलमा भएको फाइनल खेलमा सुनिल स्मृति गाउँपालिकालाई पराजित गर्दै परिवर्तन गाउँपालिकाले सनस्टार कपको उपाधि जितेको थियो ।

प्रतियोगितामा सहभागी खेलाडीहरूलाई परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा मगर,उपाध्यक्ष कलादेवी खत्रेनी, परिवर्तन गाउँपालिकाका प्रवक्ता तथा परिवर्तन गाउँपालिका-२ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगरलगायतले सम्मान गरेका हुन् । टिम कोच लोकचन्द्र डाँगी, टिम व्यवस्थापक गगन बुढा मगर खेलाडीहरुमा टिम क्याप्टेन तथा खेलाडी दिपा थापा, मिना वली, कविता सुनार, विमला विक, पूर्णकला खत्री, धनमाया नाथ, दिपा बुढा मगर, रेखा विक र रुचा डाँगीलाई सम्मान गरिएको छ ।

परिवर्तन गाउँपालिकाका अध्यक्ष मगरले चुनौती र संघर्षले जित हासिल गरेकोमा खेलाडीहरूलाई बधाई ज्ञापन गरे । परिवर्तन गाउँपालिकाले अन्य स्थानीय तह भन्दा बढी खेलकुद क्षेत्रमा बजेट र लगानी गरिरहेको समेत जिकिर गरे । टिम कोच लोकचन्द्र डाँगीले खेल खेलाउन मैदानमा प्रवेश गरिसकेपछि कोचको पनि महत्त्वपूर्ण भूमिका हुने भएकाले आफूले कोच गर्दा परिवर्तन गाउँपालिकाले जित हासिल गर्न सफल भएको बताए । टिम क्याप्टेन दिपा थापाले अन्य स्थानीय तहका खेलाडीहरुसँग कडा प्रतिस्पर्धाको बीचबाट परिवर्तन गाउँपालिकाको टिम उपाधि चुम्न सफल भएको बताए ।

बेस्ट कोच लोकचन्द्र डाँगी, बेस्ट प्लेयर विमला विक, बेस्ट सेटर पूर्णकला खत्री र बेस्ट स्पाइकर मिना वली बनेका छन् । परिवर्तन गाउँपालिकाले सनस्टार ट्रफी पालिकामा राखेको छ भने पुरस्कार ५५ हजार नगद सम्मान स्वरुप खेलाडीहरुलाई प्रदान गरेको छ ।

सम्मान कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक घर्ती मगरले गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर