२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

भान्छे ब्राण्डको बस ल्याउँदै शशिला मोटर्स

ADV
मध्यान्ह
२०८१ असार १६ गते २१:०७
भान्छे ब्राण्डको बस ल्याउँदै शशिला मोटर्स

काठमाडौं : शशिला मोटर्सले भान्छे ब्राण्डको विद्युतीय बस नेपालमा ल्याउने भएको छ । कम्पनीले २२ सिट क्षमताको भान्छे ब्राण्डको नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल ल्याउने भएको हो । एक पटकको फुल चार्जमा तीन सय किलोमिटर गुड्ने यस बसमा चार सय एनएमको टर्क र एक सय ४० किलोवाटको पिकपावर रहने कम्पनीले बताएको छ । 

क्याटल एक सय २३ किलोवाटको ब्याट्री जडान हुने यो बसमा पूर्ण रुपमा एयर कन्डिसन र सबै खाले सेफ्टी फिचर उपलब्ध हुनेछ भने लम्बाइ २५ फिट हुने कम्पनीले जनाएको छ । फराकिला सिट र पर्याप्त खाली ठाउँ हुने भएकाले लामो तथा छोटो दुरीमा संचालन गर्न यो बस यात्रुमैत्री हुने शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताए ।

उनले बस आइपुग्नु भन्दा पहिलो आवश्यक पार्टपुर्जा र सर्भिसिङ तथा मर्मत सबैको व्यवस्था मिलाइने र बस संचालकलाई बिना झन्जट सेवा दिने बताए । दशैंलाई लक्षित गरी ल्याउन लागिएको उक्त बसको बुकिङ भने अहिले देखि नै खुला भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise