२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

नेपाल युवा उद्यमी मञ्च काठमाडौंको साधारण सभा सम्पन्न

ADV
मध्यान्ह
२०८१ असार १६ गते २१:०९
नेपाल युवा उद्यमी मञ्च काठमाडौंको साधारण सभा सम्पन्न

काठमाडौं : नेपाल युवा उद्यमी मञ्च काठमाडौंको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको होटल याक एन्ड यतिमा साधारण सभा सम्पन्न भएको हो । प्रार्थना साखःको अध्यक्षतामा भएको कार्यक्रममा युवा र महिला उद्यमशीलता प्रवद्र्धन गर्ने विभिन्न कार्यक्रमहरु आयोजना गरिएको थियो । 

कार्यक्रममा नेपाल युवा उद्यमी मञ्च स्टार्टअप अवार्ड, महिला उद्यमी सम्मान कार्यक्रम नेपाल युवा उद्यमी मञ्च जुनियर उद्यमशीलता कार्यक्रम र विभिन्न नेटवर्किङ कार्यक्रम आयोजना गरिएको थियो ।

नव–निर्वाचित अध्यक्ष अभिमन्यु गोल्छाले संगठनको उत्कृष्ट परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । मञ्चका नवनिर्वाचित पदाधिकारीहरुले उद्यमशीलता प्रवर्द्धन गर्न, नेपालका युवा र महिलाका लागि अवसर सिर्जना गर्ने विषयमा आआफ्नो भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाए ।

ADVADV

सम्बन्धित खबर

Advertise