२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Nada
२०८१ असार १६ गते २१:२५
Shares
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको हो ।

ncell

इण्डियन आयल कर्पोरेशनबाट आइतबारको नयाँ मूल्य अनुसार मूल्य बढाएको निगमले जनाएको छ ।

नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ र तेस्रो वर्गमा १६७ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा पहिलो वर्गमा १५४.५०, दोस्रोमा १५६ र तेस्रोमा १५७ रुपैयाँ पुगेको निगमले जनाएको छ । आइतबार राति १२ बजेदेखि नयाँ मूल्य लागू भएको निमगले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर