२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

फुडमान्डुको 'मनसुन म्याजिक' क्याम्पेनको शुरुवात

ADV
मध्यान्ह
२०८१ असार १७ गते १२:४७
फुडमान्डुको 'मनसुन म्याजिक' क्याम्पेनको शुरुवात

काठमाडौं : नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डु ‘मनसुन म्याजिक’ नामक क्याम्पेन लिएर आएको छ । 

यस क्याम्पेनअन्तर्गत ग्राहकहरुले वर्षाको समयमा बाहिर निस्कनुको साटो घरमै बसी आफूलाई मनपर्ने खानाको मजा लिन सक्ने फुडमान्डुले जनाएको छ । ‘भोक र झरी ? डन्ट वरी ......बिकज फुडमान्डुमा अफर असारै भरी !!’ भन्ने मुख्य सन्देशका साथ फुडमान्डुले ग्राहकहरुलाई ७० प्रतिशतसम्मको भारी डिस्काउन्ट प्रदान गर्दैछ । 

साथमा सेल्स अफरअन्तर्गत ग्राहकहरुले फ्ल्याट डिस्काउन्ट, बिग प्याक, कम्बो डिल्स, बोगो र मिस्ट्री बक्स जस्ता अफरहरु काठमाडौं, चितवन र पोखराका ४० भन्दा धेरै रेस्टुरेण्टहरुबाट पाउन सक्ने फुडमान्डुको भनाइ छ ।

फुडमान्डुकी ब्रान्ड एण्ड मार्केटिङ मेनेजर इनेशा भट्टराईनिन्, “यस क्याम्पेनमार्फत मनसुनको समयमा हाम्रा ग्राहकहरूलाई यस्ता अफरहरु प्रदान गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं । हामी सधैं उत्कृष्ट खाना र डेलिभरीद्वारा आफ्ना ग्राहकहरूलाई सेवा दिने प्रयासमा निरन्तर नै लागिरहेका हुन्छौं । मनसुन म्याजिकले ग्राहकहरुलाई थप सहज र सरल सेवा प्रदान गर्नेछ भन्नेमा हामी ढुक्क छौं ।”

सेल्स अफरका साथै फुडमान्डुले मनसुन म्याजिक नामक भौचर डिस्काउन्ट पनि उपलब्ध गराउने छ । जसअन्तर्गत ग्राहकहरुलाई ४० प्रतिशतसम्म छुट प्रदान गरिने फुडमान्डुले बताएको छ । उक्त डिस्काउन्ट कति प्रतिशत हुन्छ भनेर ग्राहकहरुले चेकआउटको समयमा कोड राखेपछि मात्र थाहा पाउन सक्नेछन् ।
यो क्याम्पेन असार १४ देखि असार ३१ सम्म मात्र लागू हुने फुडमान्डुले जनाएको छ ।  

ADVADV

सम्बन्धित खबर

Advertise