२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

वैदेशिक अध्ययनमा विदेशियो ६४ अर्ब १५ करोड

hardik ivf
मध्यान्ह
२०८१ फागुन २७ गते १०:५०
वैदेशिक अध्ययनमा विदेशियो ६४ अर्ब १५ करोड

काठमाडौँ : चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरूले ठूलो धनराशी विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय रु. ६४ अर्ब १५ करोड बराबर पुगेको छ ।

सेवा खाताअन्तर्गत भ्रमण व्यय १० दशमलव छ प्रतिशतले वृद्धि भई रु. एक खर्ब १५ अर्ब ८८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड रहेको हो । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु. एक खर्ब चार अर्ब ७५ करोड रहेकामा शिक्षातर्फको व्यय रु. ६६ अर्ब ६४ करोड थियो ।

सो अवधिमा खुद सेवा आय रु. ५० अर्ब २२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु ३६ अर्ब ३८ करोडले घाटामा थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय सात दशमलव सात  प्रतिशतले वृद्धि भई रु. ४९ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु. ४५ अर्ब ६८ करोड थियो ।

ADV

सम्बन्धित खबर

Advertise