२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

जेसिबी इन्डियाद्वारा भोटेकोशी बाढीका क्रममा उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान

Nada
२०८३ असोज ५ गते १८:१८
Shares
जेसिबी इन्डियाद्वारा भोटेकोशी बाढीका क्रममा उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान

काठमाडौं : हालै नेपालमा आएको बाढीका क्रममा उद्धार कार्यमा महत्वपूर्ण योगदान पुऱ्याउने आफ्ना दुई नेपाली ग्राहक ऐनबहादुर राउत र नेत्रबहादुर अधिकारीलाई जेसिबी इन्डियाले सम्मान गरेको छ ।

ncell

उनीहरूलाई 'बाउमा कन्एक्सपो इन्डिया २०२६'को जेसिबी प्याभिलियनमा सम्मान गरिएको थियो, जहाँ जेसिबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक दीपक शेट्टीले उनीहरूको प्रयासको व्यक्तिगत रूपमा प्रशंसा गरे ।

जेसिबी २२१ ट्र्याक्ड एक्साभेटर र अन्य मेसिनहरू प्रयोग गरी राउत र अधिकारीले त्रिशूली ३ए साइटमा लगातार धेरै दिन काम गरेका थिए, जसका कारण त्यहाँ फसेका दुई व्यक्तिको जिवितै उद्धार सम्भव भएको थियो ।

जेसिबी इन्डियाका सिइओले यसलाई 'नेपालमा देखिएको जस्तो विपत्तिमा समेत आशा जगाउने कथा' भनी उल्लेख गरे र यति ठुलो साहसिक कार्य गरे पनि दुवै जना अत्यन्तै सरल र विनम्र रहेको बताए ।

जेसिबी ओउ सर्भिस गाडीहरूमार्फत एमएडब्लू अर्थमुभर्सले नुवाकोट र धादिङमा उद्धार, राहत र पुनर्निर्माण कार्यमा खटिएका जेसिबी मेसिनहरूलाई समेट्ने गरी "जेसिबी विपद् राहत विशेष निःशुल्क सर्भिस क्याम्प" सञ्चालन गरिरहेको छ । साथै, कम्पनीले जोखिमपूर्ण परिस्थितिमा उद्धार र पुनर्निर्माणमा खटिएका मेसिनका अपरेटरहरूलाई सुरक्षा किट समेत वितरण गरेको छ ।

एमएडब्लू अर्थमुभर्स नेपालमा जेसिबी निर्माण तथा अर्थमुभिङ उपकरणको आधिकारिक डिलर हो । २३ वर्षभन्दा बढी समयदेखि बजारमा सेवा प्रदान गर्दै आएको यस कम्पनीका ३० भन्दा बढी शाखाहरू र २०० भन्दा बढी सर्भिस इन्जिनियरहरूले देशभरका १२,००० भन्दा धेरै ग्राहकलाई सेवा दिइरहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर