२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

प्रभु बैंक र होटल हिमालयबीच विशेष छुट सम्झौता 

ADV
मध्यान्ह
२०८१ असार १७ गते १५:४६
प्रभु बैंक र होटल हिमालयबीच विशेष छुट सम्झौता 

प्रभु बैंक लिमिटेड र ललितपुरको कुपण्डोलस्थित होटल हिमालयबीच विभिन्न सेवामा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ । एक समारोहकाबीच सम्झौता पत्रमा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रविन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै चारतारे होटल हिमालय विगत ३७ वर्षदेखि ग्राहकहरुको सेवामा समर्पित छ । विदेशी तथा नेपालीहरु बीच निकै रुचाईएको यस होटलमा साउना, स्टिम, स्वीमिङ पुल, फिटनेश सेन्टरलगायतको सुविधा रहेको छ । ग्राहकहरुको सेवाका लागि सोही परिसरमा दुई वटा रेष्टुरेन्ट रहेका छन् ।  

हालसालै “बैंक अफ द इयर २०२३”को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ एवम् वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

लण्डन स्थित दि फाइनान्सियल टाइम्सद्वारा बैंक अफ दि इयर–२०२३ बाट सम्मानित प्रभु बैंक छोटो समयको अन्तरालमा नै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise