-बिजु सुवेदी (विजय)
आफ्नो देशको मायाले ‘कोरोनाको प्रकोप फैलियो इण्डियामा, अब बाचिन्नँ ।’ भनी ‘मर्नै परे आफ्नै देशमा मर्छु ।’ भनी चाउचाउ र चिउरा बोकी, बाटोमा पानी खाँदै, जहाँ मन लाग्यो त्यहीँ सुत्दै, फेरि हिँड्दै गरी १ महिनामा ऊ नेपालको आफ्नो सुदूरपश्चिमको घरमा पुगेको थियो । बाटोमा कत्ति त हिँड्दाहिँड्दै मरे त्यसको लेखाजोखा नै थिएन । त्यो कुनै समाचारमा पनि आएको थिएन ।
जताततै ‘सुन्दर सुदूरपश्चिमाञ्चल’ भनी नारा लेखिएको होर्डिङ बोर्डहरू भए पनि त्यसैलाई जिस्क्याएसरि त्यहाँको पीडा सहन सबैलाई गाह्रो थियो । सबैजना केटाहरूलाई पढ्न नपाइकन काममा इण्डिया जानुपर्ने वाध्यता थियो । कुनै त्यस्तो घर थिएन जहाँकाहरू इण्डियामा श्रम गर्न नगएको होस् । नेपालमा कतै श्रम गर्ने वातावरण थिएन । कहिल्यै लकडाउन त कहिल्यै निषेधाज्ञा ! जब उसको खर्चहरू सकिँदै गयो, नेपाल सरकारले केही राहत दिएन, आफ्ना लालाबालाका लागि आफ्नो बचेखुचेको पैसाले, ‘अहिले इण्डियामा विश्वको सबैभन्दा बढी आज मात्रै ८२,०००लाई सङ्क्रमण भएको छ ।’ भनेको सुन्दा पनि ऊ रेलबाट जाने निधो गर्दै घरबाट विहान ३ बजे नै निस्कियो ।
‘हो ! आधुनिक कृषिकरण गरेपछि सुदूरपश्चिमले पनि आफ्नो खुट्टामा उभिन सक्नेछ ।’ यसलाई बढाईचढाई गरी भाषण छाँट्ने थुप्रै नेताहरूको अहिले बसीबसी कमाइखाने भाँडो त्यही राजनीति मात्रै भइरहेको छ तर फगत यहाँ कुनै पनि वैज्ञानिक विधिको अहिलेसम्म सुरुवात भएन । यस्ता मुद्दा उनीहरू कहिल्यै सुल्झाउँदैनन् किनकी सधैँ उनीहरूलाई यही मुद्दा जनता फकाउने भाँडो भइरहेको छ ।’ यसरी आफ्नो गाउँठाउँ सम्झीसम्झी दुःखित भई नेताहरूदेखि ऊ विरक्त भइरह्यो ।
८ घण्टाको हिँडाइपछि रेलमा चढिरहेको थियो ऊ । ऊ नेपाल फर्केको बेला जताततै कोरोनाको महामारी व्याप्त थियो । भारत सरकारले ३ महिनाको राशन ८० करोड जनतालाई उपलब्ध गराएको थियो । त्यो उसको कोटामा परेन किनकी ऊ नेपाली थियो । यसैलाई हेरेर आश गर्दै ‘नेपाल सरकारले पनि यसरी नै राहत देला कि ?’ भनी ऊ नेपालमा केही गरुँ भनी फर्किएको थियो । तर उसको आश निराश भएको थियो । कोरोना रोगी भनी अनेकौँ उपेक्षा र उत्पीडनका बीच ऊ घरसम्म त पुगेको थियो । फेरि यस्तो निषेधित नियमका बीच आफ्ना लालावालाका लागि ऊ यसरी होटेलमा काम गर्न भनी इण्डिया गइरहेको थियो । उसलाई पनि आफ्नो देशको फुर्ति लाउन त मन लागेको थियो तर उसले आफ्नो देशको सरकारले पारेको असहयोग उसले मनमनै दबाइराख्यो । १ अरब ३० करोड जनसंख्या भएको भारतमा उसले दबिएरै भए पनि जसरी पनि केही न केही कमाइ गर्ने निधो गर्यो ।
उसलाई हेरी ‘मालुम छ ? यो राशन बाहेक पनि सरकारले २० हजार आइसी २ वर्षमा तिर्ने गरी निव्र्याजी ऋण दिएको छ ।’ भन्दै अर्को एकजना इण्डियन यात्रु उसलाई हेरी शान लाउँदै थियो ।
खान त उसले यो क्वारेन्टाइनमा पाएको निःशुल्क खाना खाएर रेलमा चढेको थियो । अरु त्यस्तो केही खाएको थिएन उसले । रेलभित्र धेरै छटपट भयो उसलाई । उसलाई अत्यन्तै पीडा भयो । यात्रुहरू सबै सहयोग गर्नुभन्दा उसको फोटो खिँचेर सामाजिक सञ्जालमा हाल्न नै व्यस्त भए । उसले त्यो खानाको विशाक्तपन हटाउन चीसो पेय पदार्थ मगायो । एकजनाले ‘कोक मात्र हे’ भनी ल्यायो । पेय पदार्थमा कोक नै हो उसलाई सबैभन्दा अमन भएर मन नपर्ने ! तर उसले त्यो चीसो कोक सिनित्तै पारिदियो । जब कोकको ग्याँस बाहिर गयो तरै पनि उसको पीडा शान्त भएन । कहिले ऊ पेटमा बटार्दै समाउँथ्यो र भगवान पुकाथ्र्यो, कहिल्यै सहेर आँसु निकालेर बस्थ्यो । एक दुईपटक फेरि उसले त्यसरी नै चीसो कोक खाएर डकार्यो । तर केही भएन । २ दिनमा ऊ अत्यन्तै कष्टका बीच आफ्नो काम गर्ने होटेलमा पुग्यो । आफ्नै देशको क्वारेन्टाइनको होटेलको खानाले सिकिस्त पारेका थियो उसलाई ! त्यसैले ऊ चूप बस्यो ।
उसलाई भने त्यो क्वारेन्टाइनमा खुवाउने ती २ मान्छेको चेहरा झलझली याद मात्र आइरह्यो । बदलाको भाव आइरह्यो । उसले प्रण गर्यो कि ‘उसले पछि नेपाल फर्कनेबेला ती हेर्दा सोझा देखिने होटेलवालाहरूको कालो करतूतलाई पर्दाफास गरी छोड्नेछ र बदला लिनेछ ।’
उता होटेलको मान्छेलाई यस्तो भयो भन्दा ‘डेँगु मेभी ऐसा हो सकता’ भनी भन्दैथ्यो । तर उसलाई एकदम विश्वास थियो कि त्यो क्वारेन्टाइनमा खाएको फोहोर खानाको परिणाम थियो । त्यसैले उसले केही बोलेन । उसलाई अलिअलि दिगमिग त लागेको थियो । विवसताले उसले त्यो बेला त्यही भए पनि खाना खाएको थियो । परिणाम उसले अहिले त्यस्तरी भोगिरहेको थियो ।
ऊ साथीले दिएको ठेगाना अनुसार त्यहीँ नयाँ होटेलमा गएको थियो । त्यहाँ पनि हालत खत्तम थियो । खाना खान नपाई धेरै गरीव मरेका विरोधमा त्यहाँ श्रमजीवीहरूको भोक हड्ताल भइरहेको थियो । एकजना श्रमिकले खाना नखाई हडताल गरेको २३८ दिन भइसकेको थियो । उसको तौल ३० केजीको मात्र भएर प्राण जान लागेको अवस्था थियो । यता टर्कीकी इब्रु तिम्तिकको पनि यसरीनै शरीर ढलेको समाचार उसले सुन्यो । उनी जस्तै योभन्दा पहिले शान्तिपूर्ण भोक हडतालमा हेलेन वोलेक, इब्राहिम गोचेक तथा मुस्तफा कोचाक पनि पालैपालो उत्सर्ग भइसकेका थिए । विश्वभरिका मानिसहरूले सामाजिक सञ्जालमा शेयर गरेर आतंककारी शासकहरूको धज्जी उडाए । यो हुरीले संसार हल्लाइदियो । सबैको मुटु चसक्क पार्दै मुटु चीसो पारिदियो । हुन त उनले हड्तालबाट पछि हट्नका लागि धेरै प्रलोभन पाएकी थिइन् तर जनातका मुक्तिका विरुद्ध, निस्पक्ष न्यायका विरुद्ध उनले सम्झौता गरिनन् । त्यहाँ शोक मनाउन आएकाहरूलाई शुद्धा टिएर ग्याँस छोडे बदनामी शासकहरूले । विश्वका सर्वसाधारण जनताहरू सबैले उनलाई मनमुटुमा सजाए । श्रद्धाभावले उनलाई उच्च सम्मान दिए ।
उसलाई पनि भाइरल गर्ने भन्दा पनि सुसूचित गर्ने जोश बढ्यो । मोबाइलबाट इन्टरनेटको सामाजिक सञ्जालमा १०...१२ चोटी श्रद्धाञ्जली लेख्दै पोष्ट गर्न खोज्यो । तर अरु पोष्ट हुन्थ्यो तर तीे टर्कीकी नेत्री तिम्तिकप्रतिको श्रद्धाञ्जली पोष्ट हुँदैनथ्यो । उसले अरु एकजना श्रमिकको मोबाइलबाट अर्को डाटाबाट बल्लतल्ल ३...४ पटकमा बल्ल पोष्ट गर्न समर्थ भयो र ती साहसी योद्धालाई उसले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न पाएकोमा आनन्दित भयो ।
फेरि रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई पनि विष परेकाले त्यस्तै छटपट भएको समाचार पढेर पत्रिका बेच्न हकर आउँदैथ्यो । त्यही पेट बटार्ने गरी दुखेको सकसका बीच उसले मनमनै प्रश्न गर्यो ‘किन यस्तै इमानदारहरूलाई मात्र संकट पर्छ ? किन यो संसार निरीहहरूका लागि न्यायका लागि चूप छन् ? शान्तिपुर्ण आन्दोलन गर्न पाउनु जसको पनि नैसर्गिक हक होइन ? कि न नै उनीहरूले बमबारुद बोकेर विद्रोह गरेका हुन् त ? अवश्य होइन । किन यस्तो धनवालाहरूको मैमत्त ?’ उसलाई ‘लाग्यो यिनीहरू उडुसझैँ पेट फुटी मर्नेछन् ।’
र उसले आफ्नो देशको समाचार हेर्यो । ललितपुरमा सबजना बाहिर निस्किरहेको लाइभमा देखाइरहेको थियो । ‘जात्रा गर्न पाउनु हाम्रो मौलिक अधिकार हो । हाम्रो सँस्कृति अरु कसैले हेर्नु पर्दैन हामी आफै हेर्छौँ भनी जोस्सिएर नेवार समुदायहरू नारा लगाइरहेका थिए । स्थानीय सरकारले भने कफ्र्यु लगाइसकेको थियो । काठमाडौँमा भने सबैजना ‘वडाअध्यक्ष घेराउ गर्नुपर्छ ।’ भनी निषेधाज्ञा तोड्दै जुलुश वडा अध्यक्षकहाँ चेतावनी दिन जनताको राहतका लागि बढिरहेका थिए ।
आफ्नो ठाउँको अत्यन्तै कष्टप्रद समाचार नआएर चसक्कै भए पनि यिनै मुख्य समाचार हेरिसकेपछि उसलाई आफ्नो देशको राजधानी उपत्यकाका यी दुईटै समाचार प्रत्यक्ष अप्रत्यक्ष निरीह जनताले राहत नपाएको जोश पोखेका हुन् भन्ने लाग्यो ।
‘जनतासँग भोट माग्न मात्रै नेताहरू त्यही एक पटक आफू उम्मेदवार बनेको गाउँठाउँमा आउँछन् । सबैलाई खुवाउँछन् । खुवाउने नेता जो हो उनैलाई सोझा जनताले भोट हाल्छन् । अन्य खान नपाएकाहरू पनि जित्ने नेतालाई भोट हाल्नुपर्छ भन्दै भोट हाल्छन् । त्यो प्रत्येक पटकको चुनावमा मात्रै पनि सबै जनतालाई नेताहरू नाकमुख देखाउन आउँदैनन् । कत्ति भो यही परम्परा चलिरहेको म हेरिरहेको छु । कत्ति सोझा जनता ! यसैले गर्दा त इमानदार मान्छेको खडेरी पर्यो आज । मैले जत्ति मात्र यत्ति साधारण कुरा सबैले जानेका भए देशलाई र जनतालाई अवश्य फाइदा हुन्थ्यो होला ।’ फेरि ऊ यसरी नै नेताप्रति आक्रोशित हुनथाल्यो ।
उसले यही चिन्तनमा राजधानीका पत्रिकाका लागि यीसब कुराहरू समेटी सम्पादकलाई यसैबारे ‘राहत ख्वै’ शीर्षकको एउटा लामो लेख छपाउनका लागि तुरुन्तै टाइप गर्यो र ईमेल गर्यो, तर उसले पठाएको मुख्यमुख्य कुराहरू मात्र राखी एकैछिनमा उक्त अनलाइन पत्रिकामा तुरुन्तै छोटो सम्पादकलाई चिठीमा यसरी प्रकाशित भयो ।
राहत ख्वै ?
गएको ०७२को भूकम्पमा पनि थुप्रै खाद्य कार्यक्रममा सरकारले सहयोग पाएको थियो । जनताहरू राहत नपाई कत्ति घरवार विहीन भई मरे भने सरकारले राहत सामग्री कुहाएर फाले ।
अहिले त झन् २ तिहाइको कम्निसको सरकार आएको छ । इण्डियाको जत्ति पनि भएन । जनता भोकभोकै भइसके । चैत ११ देखिको लकडाउन आज भदौ १९ भयो । जनताले निर्वाचनमा खुवायो भनेर भोट हालेको परिणाम हो यो, अरु जम्मैदिन नेताले खाइरहे । हे जनताहरू ! अबका दिन पनि खानुस् तर इमानदारलाई भोट हाल्नुस्, ढाडिएकालाई नहाल्नुस् । विश्व खाद्य कार्यक्रमहरूबाट संकटका लागि भनी खाद्यान्न अनि राशन तथा अन्य थुप्रै संस्थाहरूबाट थुप्रै ऋण आएको समाचार आइरह्यो तर त्यो सर्वसाधारणसम्म पुगेन । यो कमाइ खाने भाँडो नबनुन् । जनता लुट्न अहिले निषेधाज्ञा जहिलेपनि नयाँ तरिकाले गर्ने भनी आराम गरीगरी एउटै निर्णयलाई २० वटा मिटिङ्ग राख्दै व्यस्त छन् नेताहरू !
हुन त यस्तो कष्टका बीच जनता उठ्दैनन् भनी नेताहरू ढुक्क होलान् तर आफ्नो देशका लागि पानी मात्र पिई नालापानीको युद्ध लडेका जनताहरू हौँ हामी ! हामीलाई कमजोर नठान्नुहोस् हामी आम जनताका लागि योभन्दा सशक्त किसिमले उठ्यौँ भने सबै भ्रष्टाचारी ! रछानेहरूलाई बगाई काम तमाम गरिदिनेछौँ । हे ! धेरै पेल्यौ सर्वसाधारण जनताहरूलाई, सय सुनारको हेर्यौँ अब सुन पिट्ने लोहारको छिट्टै हेर्नेछौ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies