२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

पर्यटन व्यवसायमा अफ सिजन, घट्न थाल्यो पर्यटक आगमन

ADV
छबि सापकोटा
२०८१ असार १७ गते २०:५१
पर्यटन व्यवसायमा अफ सिजन, घट्न थाल्यो पर्यटक आगमन

काठमाडौं : पर्यटन व्यवसायीहरुले आगामी दुई महिना अफ सिजनको रुपमा लिने गरेका छन् । वर्षायामका तीन महिना जुन, जुलाई र अगष्टलाई अफ सिजनको रुपमा लिने गरेपनि नेपालमा आउने पर्यटक गत वर्ष भन्दा जुनमा ६.२ प्रतिशतले बढेको छ ।

तर मे महिनामा भन्दा २० हजार भन्दा विदेशी पर्यटक कम आएका छन् । अबको २ महिना अझै अफ सिजन हुने भएकोले पर्यटक कम आउने देखिन्छ । मार्चमा १ लाख २८ हजार, अप्रिलमा १ लाख ११ हजार  आएको थिए भने मे मा ९० हजार हुदै जुनमा बिदेशी पर्यटकको ७६ हजार पुगेको हो । अफ सिजनको मे मा भन्दा बढी १५ हजार पर्यटक कम आएका छन् । 

जुन महिनामा सबै भन्दा धेरै पर्यटक भारतबाट ३७ हजार ८ सय ३५, अमेरिकाबाट ८ हजार दुई सय ८१, चीनबाट ७ हजार ४ सय ९४, बंगलादेशबाट तीन हजार आठ सय ५७,  बेलायतबाट १९ सय ६९, अष्ट्रेलियाबाट १५ सय ८९, भुटानबाट एक हजार ६६, मलेसियाबाट एक हजार १४, जापानबाट नौ सय  ५३ र कोरियाबाट आठ सय ७५ जना पर्यटक नेपाल आएको देखिन्छ । 

‘विगतको वर्ष भन्दा केही पर्यटक बढेपनि व्यापार बढ्न सकेको छैन । अबको दुई महिना पर्यटक व्यवसायीको लागि अफ सिजन नै हो, सरकारले पर्यटकमैत्री नीति तथा कार्यक्रममा जोड नदिने र पर्यटकलाई लक्षित गरेर कार्यक्रम नबनाउने हो अब सरकारले लिएको लक्ष्य अनुसार पर्यटक नआउने देखिन्छ’, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा भने । ठमेल क्षेत्रलाई २४ औं घण्टा खुल्ला भएको सन्देशलाई विश्व बजारमा पु¥याउँदै पर्यटक आगमनका लागि सरकारले समेत अब टार्गेट बनाएर काम गर्नुपर्ने उनले बताए ।

नेपाल आउने सबै भन्दा धेरै पर्यटक सार्क मुलुकबाट आएको देखिन्छ । मे महिनामा सार्क राष्ट्रबाट ४३ हजार तीन सय ९१ पर्यटक आएका छन । यस्तै  सार्क बाहेकका एसियन मुलुकबाट ११ हजार पाँच सय एक, युरोपेली मुलुकबाट पाँच हजार ६ सय ७३, मिडल इष्टबाट चार हजार नौ सय ९१  पर्यटक आएका छन् । तथ्यांक हेर्दा नेपालमा एसियन मुलुकबाटै आधा दुई तिहाई पर्यटक नेपाल आइरहेका छन् । बोर्डका अनुसार स्न २०२४ को ६ महिनामा पाँच लाख ८३ हजार १६ पर्यटक नेपाल आएका छन् । 

आगामी आर्थिक वर्ष २०८१/८२ मा सरकारले १६ लाख बिदेशी पर्यटक पु¥याउने लक्ष्य लिएपनि पछिल्लो ६ महिनासम्ममा पाँच लाख ८३ हजार १६ पर्यटक नेपाल आएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise