२०८१ चैत २ गते शनिवार / Mar 15 , 2025 , Saturday
२०८१ चैत २ गते शनिवार
Ads

सरकार विचौलिया र दलालहरूको स्वार्थ पूरा गर्न केन्द्रित : समाजवादी मोर्चा

hardik ivf
मध्यान्ह
२०८१ चैत २ गते १७:१६
सरकार विचौलिया र दलालहरूको स्वार्थ पूरा गर्न केन्द्रित : समाजवादी मोर्चा

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)सहित ४ दल आवद्ध समाजवादी मोर्चाले राज्यसत्ताको बागडोर सम्हालेकाहरूको अलोकतान्त्रिक रवैया र गतिविधिका कारण नेपाली जनताको एकपछि अर्को अधिकारहरू कुण्ठित हुँदै गइरहेको निष्कर्ष निकालेको छ । 

शनिबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् धारणा सार्वजनिक गर्दै  मोर्चाले राज्य सञ्चालकको स्वच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना गरिरहेको बताएको हो । 

भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त रहेको, जनताको जनजीविका कहालीलाग्दो अवस्थामा पुगेको र सरकार भने विचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित रहेको मोर्चाको निष्कर्ष छ ।

अध्यादेश मार्फत सरकार चलाउने, सदनलाई छल्ने र संसदमा दर्ता भएका महत्पूर्ण विद्येयकहरू नियन्त्रण गरी राख्नेमा सरकार उद्दत रहेको, सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टी र आक्रोश तीव्ररूपमा बढ्दै गएको मोर्चाले बताएको छ । सरकारको यस्तो प्रकारको रवैयाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा गम्भीर चुनौति देखा परेको मोर्चाको निष्कर्ष छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मानोमानी, देश एवम् जनताको हितविपरीतका गलत क्रियाकलापका कारण जनतामा असन्तुष्टि पैदा हुँदा राजतन्त्र पुनस्र्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनर्उत्थानवादी तत्वहरू लागि परेको मोर्चाको निष्कर्ष छ ।

मोर्चाले गणतन्त्रका विरुद्ध राजतन्त्र पुनस्र्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनर्उत्थानवादी तत्वहरू लागेको भन्दै यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु वर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार रहेको बताएको छ ।

षड्यन्त्रका विरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्नु अहिलेको वस्तुस्थितिको अहम् जिम्मेवारी बन्न गएको निष्कर्षसहित मोर्चाले चैत १५ गते काठमाडौंमा विरोध प्रर्दशनसहितको जनसभा आयोजना गरेको छ । 
 

ADV

सम्बन्धित खबर

Advertise