२०८१ चैत ३ गते आइतवार / Mar 16 , 2025 , Sunday
२०८१ चैत ३ गते आइतवार
Ads

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

draupadi film
मध्यान्ह
२०८१ चैत ३ गते ०७:१२
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ : प्रतिनिधि सभाको बैठक आइतबार बस्ने भएको छ । नयाँ बनेश्वारस्थित संघीय संसद भवनमा बिहान ११ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

संसद सचिवालयका अनुसार आजको  बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै, उपप्रधानमन्त्री पौडेलले नै ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव गर्नेछन्।यसैगरी  ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।  

ADV

सम्बन्धित खबर

Advertise