२०८१ चैत ३ गते आइतवार / Mar 16 , 2025 , Sunday
२०८१ चैत ३ गते आइतवार
Ads

कार्यशैलीमा सुधार नगरेसम्म अध्यादेश ल्याएर मात्र केही हुँदैन : मन्त्री गुरुङ

draupadi film
मध्यान्ह
२०८१ चैत ३ गते १२:१४
कार्यशैलीमा सुधार नगरेसम्म अध्यादेश ल्याएर मात्र केही हुँदैन : मन्त्री गुरुङ

काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले मन्त्रालयहरुबीच बाझिने कानुन र नियमहरुका कारण सुशासन कायम हुन नसकेको बताएका छन् । 

आइतबार काठमाडौंमा आयोजित विज्ञापन प्रवद्र्धनमा विज्ञापन एजेन्सीको भूमिकासम्बन्धी क्षमता विकास कार्यक्रममा बोल्दै उनले समयअनुकुल नीतिहरु संशोधन र परिमार्जन नगर्दा हरेक काममा समस्या देखिएको बताए । 

उनले भने,‘समयअनुकुल नीतिहरु संशोधन नगर्दा परिमार्जन नगर्दा त्यसको आधारमा बन्ने कानुनहरु, नियमहरुले पनि समस्या पारेको छ । एउटा मन्त्रालय र अर्को मन्त्रालयमा समस्या पैदा गर्ने खालको कानुन निर्माण गर्दा सुशासन कायम गर्न नसकेको र राजस्व संकलनको लागि पनि समस्या भएको छ । अहिले विद्यमान जुन अस्पष्ट नीति नियम र कानुनहरु छन् त्यसले पनि समस्या ल्याएको छ ।’ 

त्यस्तै उनले समस्याहरु कार्यशैलीमा रहेको भन्दै कार्यशैलीमा सुधार नगरेसम्म जस्तोसुकै अध्यादेश ल्याएपनि सुधार नहुने बताए । उनले भने,‘समस्याहरु भनेको  हाम्रो कार्यशैलीमा छ । त्यसैले कार्यशैलीमा सुधार गरेन भने जस्तोसुकै अध्यादेश ल्याए पनि, जति कानुनहरु बनाए पनि सुधार भने हुँदैन ।’ 

ADV

सम्बन्धित खबर

Advertise