२०८१ चैत ३ गते आइतवार / Mar 16 , 2025 , Sunday
२०८१ चैत ३ गते आइतवार
Ads

सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त छ : सांसद भण्डारी

draupadi film
मध्यान्ह
२०८१ चैत ३ गते १२:५८
सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त छ : सांसद भण्डारी

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्की भण्डारीले जनताको पीडा सुन्नको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त रहेको आरोप लगाएकी छिन् । 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजनीतिक आडमा कानुनी विभेद बढेको भन्दै जनताको पीडा सुन्नुको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त रहेको भनाइ राखिन् ।

उनले भनिन्,‘देशमा भ्रष्टाचारले जडा गाडेको गाडेइ छ । राजनीतिक आडमा कानुनी विभेद बढेको छ । न्याय खोज्नेले अन्याय खेप्न परेको छ । जनता महङ्गी बेरोजगारीको मारमा छन् । सरकार कहाँ छ त ? जनताको पीडा सुन्नुको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त छ ।’

उनले सरकार नयाँ नेतृत्वलाई होच्याउने र सिध्याउने खेलमा जुटेको  र देशलाई उज्यालो पार्ने कर्मचारीमाथि खनिएको पनि बताइन् । राजावादीको आन्दोलनमा जनता राजा फर्काउन नभइ सरकारकै अर्कमण्यता र भ्रष्टाचारले निराशा र दिक्क भएर निस्किएको पनि उनको भनाइ छ । 
 

ADV

सम्बन्धित खबर

Advertise