२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

ज्ञानेन्द्र शाही र रघुजी पन्तबीच भनाभन, इतिहास पढेर आउन सुझाव 

Nada
२०८१ चैत ३ गते १३:१०
Shares
ज्ञानेन्द्र शाही र रघुजी पन्तबीच भनाभन, इतिहास पढेर आउन सुझाव 

काठमाडौंः नेकपा (एमाले) सांसद रघुजी पन्तले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन सुझाव दिएका छन् । 

ncell

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा सांसद पन्तले आफ्नो धारणा राख्ने क्रममा राप्रपाका सांसद शाही उठेर विरोध जनाउन खोजेपछि जवाफमा पन्तले आफूसँग बसह गर्ने हो भने इतिहास पढेर आउन भनेका हुन् ।

उनले भने, ‘नेपाल दक्षिण एसियामा गरिब छ । राजाको पालामा पनि त झन् गरिब थियौं । तपाईंहरु जुलुश निकाल्नुहुन्छ, राजावादीहरु भनेर । त्यहाँ हेर्दा नारा सबभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तरप्रदेश, यही हो देशभक्ति ? देशभक्तिको नमूना यही हो ? मैले पढेको इतिहास गलत हो भने पुष्टि गर्न आउनुहोस् ।’ 

साथै उनले राजा महेन्द्रको (सक्रिय राजतन्त्र) पालामा नेपालको चुच्चे नक्शा हराएको आरोप लगाए । राजा महेन्द्रको पालामा नेपालको चुच्चे नक्शा मात्रै नभएर लोकतन्त्र पनि हराएको पन्तको टिप्पणी गरे ।

उनले भने, ‘सभामुखज्यूको पनि गम्भीर ध्यानाकार्षण गराउन चाहन्छु । अहिलेको संविधानले राजतन्त्र चिन्दैन । त्यस विषयमा यो संसदभित्र छलफल गर्न पाईँदैन । राजतन्त्र भनेको विशेषाधिकार हो, संसारको प्रवाह भनेको गणतन्त्र हो ।’ उनले राजनीति तथ्यमा, तर्कमा र यर्थाथमा उभिएर गर्‍यो भने मात्र टिकाउ हुने बताए ।

ताजा खबर

सम्बन्धित खबर