काठमाडौंः ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकबाट सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
सभामुख देवराज घिमिरेले विधेयक संशोधनका लागि संसद् सचिवालयमा रहेको विधेयक शाखामा सम्पर्क राख्न सांसदहरूलाई भनेका छन् । विधेयकमाथि संशोधन प्रस्ताव राख्न समय पनि खुला गरिएको छ ।