२०८१ चैत ५ गते मङ्गलवार / Mar 18 , 2025 , Tuesday
२०८१ चैत ५ गते मङ्गलवार
Ads

प्रहरीमा जागिर लगाइदिने भनि रकम ठगी गर्ने महिला पक्राउ 

draupadi film
मध्यान्ह
२०८१ चैत ५ गते १२:३९
प्रहरीमा जागिर लगाइदिने भनि रकम ठगी गर्ने महिला पक्राउ 

रौतहटः प्रहरीमा जागिर लगाइ दिने प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । नेपाल प्रहरीमा जागिर लगाइदिने भनेर रकम ठगी गरेको आरोपमा प्रहरीले ३२ बर्षीया लक्ष्मी कुमारी महतोलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस नोटमा हरिपूर्वा नगरपालिका वडा नम्वर ५ का २१ बर्षीय शिवमकुमार यादवसँग नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भनेर लालबन्दी नगरपालिका वडा नम्बर १७ बस्ने महतोले ठगी गरेको उल्लेख छ । 

महतोले पटक-पटक गरेर दुई लाख ७५ हजार रकम लिएर ठगी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए । 

उनका अनुसार ठगीमा परेका पीडित शिवमका दाइ सिपिन्द्र प्रसाद यादवले ठगी तथा आपराधिक विश्वासघात शिर्षकमा दिएको जाहेरीका आधारमा गत आइतबार महतोलाई पक्राउ गरिएको हो ।

सर्लाही जिल्ला अदलातबाट पाँच दिनको म्याद थप गराएर हिरासतमा राखि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise