२०८१ चैत ८ गते शुक्रवार / Mar 21 , 2025 , Friday
२०८१ चैत ८ गते शुक्रवार
Ads

एसईई परीक्षामा उदयपुरबाट ५ हजार बढी विद्यार्थी सहभागी

draupadi film
मध्यान्ह
२०८१ चैत ७ गते २१:५६
एसईई परीक्षामा उदयपुरबाट ५ हजार बढी विद्यार्थी सहभागी

उदयपुर : बुधबारबाट देशैभर सुरु भएको एसईई परीक्षामा उदयपुरबाट ५ हजार ८८९ विद्यार्थीहरुले सहभागीता जनाएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई उदयपुरको प्रमुख भवानी प्रसाद कट्टेलका  अनुसार उदयपुरमा ३ हजार ५७ छात्रा र २ हजार ८३२ छात्र गरी जम्मा ५ हजार ८८९ जना विद्याथीहरु सहभागी भएका हुन् ।  उदयपुरमा २७ वटा परीक्षा केन्द्रहरु तोकिएका छन् । जसमा जिल्लाको ८ वटा पालिकाहरुमा केन्द्रहरु तोकिएको शिक्षा विकास तथा समन्वय इकाई उदयपुरकी प्राविधिक सहायक मैनाकला लिम्वुले जनाइन् । 

लिम्वुका अनुसार सबैभन्दा बढी ११वटा केन्द्र त्रियुगा नगरपालिकामा रहेको छ भने सबैभन्दा कम केन्द्र ताप्ली, लिम्चुङबुङ र रौतामाईमा १÷१ वटा केन्द्रहरु रहेको छ । यता कटारी नगरपालिका र चौदण्डीगढी नगरपालिकामा ४÷४ वटा केन्द्रहरु रहँदा बेलका नगरपालिकामा ३ वटा र उदयपुरगढी गाउँपालिकामा २ वटा केन्द्रहरु तोकिएको लिम्वुले बताइन् ।

एसईईका लागि सुरक्षा व्यवस्था र अन्य तयारीका व्यवस्थाहरु सहज बनाइएको जनाइएको छ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise