काठमाडौं : नेपाली कांग्रेसका मधेश प्रदेश उपसभापति एवं पूर्वमन्त्री वीरेन्द्र सिंह जनताका माझमा लोकप्रिय छन् ।
समाजमा रहेको बेतिथि, अन्याय र अत्याचारको विरुद्धमा, शोषित, उत्पीडित र सीमान्तकृत समुदायहरूको पहिचान, हक र अधिकार प्राप्तिको लागि उनी लागि पर्दै आएका छन् ।
त्यसकारण पनि उनी आम सर्लाही र मधेश प्रदेशबासीबीच लोकप्रिय छन् । उनलाई जिल्लामा हुने हरेक कार्यक्रममा आमन्त्रित गर्ने गरिन्छ । मधेशीको पहिचान, हक र अधिकार प्राप्तिको लागि उनको योगदान महत्वपूर्ण रहेको छ ।