२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

भरतपुर महानगरद्वारा क्रिकेटर लामिछाने सम्मानित

ADV
मध्यान्ह
२०८१ असार १८ गते १६:१५
भरतपुर महानगरद्वारा क्रिकेटर लामिछाने सम्मानित

चितवन : राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ । 
आज एक कार्यक्रमको आयोजना गरी उनलाई नगद रु एक लाखसहित सम्मान गरिएको हो । उनलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा सम्मान गरेका छन् ।  

त्यस अवसरमा  नगरप्रमुख दाहालले खेलाडीको सम्मानले उनीहरू खेलप्रति अझ प्रोत्साहित हुने विचार व्यक्त गर्दै भरतपुर महानगरपालिकाले खेलाडी सम्मानलाई प्राथमिकतामा राखेको बताइन् । भरतपुर महानगरपालिकाले रंगशाला निर्माणदेखि खेलक्षेत्रमा सक्दो सहयोग गर्दै आएको उनले आएको बताइन्  ।

जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले खेलक्षेत्रको विकासका लागि महानगरले निर्वाह गरेको भूमिकाको सराहना गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise