२०८१ चैत ११ गते सोमवार / Mar 24 , 2025 , Monday
२०८१ चैत ११ गते सोमवार
Ads

लोकतान्त्रिक यातायात व्यवसायी संघमा नयाँ नेतृत्व

draupadi film
प्रदिप सिंह
२०८१ चैत ९ गते २१:३८
लोकतान्त्रिक यातायात व्यवसायी संघमा नयाँ नेतृत्व

लहान, : नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ, सिरहा जिल्ला अधिवेशन सम्पन्न भएको छ । यातायात व्यवसायीहरूको हकहित र कानुनी सुधारलाई केन्द्रमा राख्दै अधिवेशनले बिहारी रायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । 

शनिबार सम्पन्न अधिवेशनका प्रमुख अतिथि नेपाली कांग्रेस सिरहा जिल्ला सभापति एवं संविधानसभा सदस्य रामचन्द्र यादवले यातायात ऐनमा आवश्यक संशोधनको आवश्यकता औंल्याए । उनले साना सवारी साधनहरूको तुलनामा ठूला गाडीलाई मात्रै दोषी देखाउने प्रवृत्ति गलत भएको बताए ।

नयाँ कार्यसमितिको अध्यक्षमा बिहारी राय चयन भएका छन् भने उपाध्यक्षमा राजकुमार यादव, सचिवमा परमेश्वर यादव, सह–सचिवमा बैजनाथ यादव, कोषाध्यक्षमा इंजीलाल चौधरी चयन भएका छन् । त्यस्तै, रामप्रकाश यादव, कैलाश यादव, मउनु झा, अरुण कुमार सिंह लगायत सदस्यको रूपमा निर्वाचित भएका छन् ।

अधिवेशनमा वक्ताहरूले यातायात व्यवसायीहरूका समस्या र समाधानबारे छलफल गरेका थिए । उनीहरूले व्यवसायलाई व्यवस्थित, सुरक्षित, र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए ।

नयाँ नेतृत्वले व्यवसायीहरूको हकअधिकार सुनिश्चित गर्दै यातायात सेवा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रमको सञ्चालन बिजय यादवले गरेका थिए भने स्वागत मन्तव्य पूर्वअध्यक्ष हरिनारायण यादवले राखेका थिए ।
 

ADV

सम्बन्धित खबर

Advertise