२०८१ चैत १३ गते बुधवार / Mar 26 , 2025 , Wednesday
२०८१ चैत १३ गते बुधवार
Ads

इटहरीमा हराएका पैनीहरू भेटिन थाले

draupadi film
तेज बन
२०८१ चैत ११ गते २१:५५
इटहरीमा हराएका पैनीहरू भेटिन थाले

इटहरी : इटहरीमा  वर्षाैदेखि हराएको पैनीहरू भटाभट भेटिन थालेका छन् । उपमहानगरका जनप्रतिनिधिहरू सक्रिय भइ खोजविन गर्न थालेपछि हराएका पैनीहरू भेटिन थालेका हुन् । इटहरीको ६ नं वडाको त्रिवेणी टोलबाट संगीत चोक हँुदै बग्ने पैनी हालका जनप्रतिनिधिहरूले फेला पारी उत्खनन् गरेका छन् । विशेष गरी ६ नं वडा कार्यालयका वडाध्यक्ष दिवस पोख्रेलको नेतृत्वको टोलीले सो पैनी उत्खनन् गरेका हुन् ।

इटहरीलाई डुबानबाट टाढा राख्न विभिन्न योजनाहरू बनाइरहेको बेला उपमहानगरले सार्वजनिक जग्गा खोजी गरी त्यसमाथि बनेका संरचना हटाउने कामलाई तीव्रता  दिँदै आएको वडा नं ६ का वडाध्यक्ष दिवश पोख्रेलले बताए । ‘पैनी खोजी गर्दै जाँदा यहिका राजनीतिक दलका नेताहरूले मिचेको पाइयो’ वडाध्यक्ष पोख्रेलले भने ।

इटहरीको मुख्य चोकमा रहेको रेडक्रस भवन, सपिङ महल तथा केही व्यक्तिहरुले पैनीमाथि आलिसान भवन बनाएको भेटियो ।

पैनीको जग्गा खाली गराउन उनीहरूलाई पटक–पटक आग्रह गरे बमोजिम उनीहरूकै सहमतिमा डोजर  चलाएर भत्काइएको वडाध्यक्ष पोख्रेलले बताए ।

निर्वाचन जितेर कार्यभार सम्हाले लगतै आफ्नो क्षेत्रमा भएका नाला र पैनीहरूको संरक्षण गर्न वडा कार्यालय डटेर लागिरहेको पनि वडाध्यक्ष पोख्रेलले बताए ।

पोख्रेलका अनुसार शुक्रबार मात्रै इटहरीको मुख्य चोकस्थित आकास सुब्बा र ध्रुव कुमार सुब्बाको घर भत्काइएको छ । पैनीको जग्गा नापजाच गरी सो क्षेत्रभित्र पर्ने संरचना हटाइएको हो । संरचना हटाएसँगै अब पैनी थुनिने र सिधैँ राजमार्गमा भेल बनेर आउने समस्याको समाधान हुने वडाध्यक्ष पोख्रेलको भनाइ छ ।

भेटिएका पैनी माथि ड्रेन निर्माण गरी पानीलाई खेती खोला या टेंग्रा खोलातर्फ मिसाइने र यसले मुख्य चोक सधँैको लागि डुबानबाट मुक्त हुने वडाध्यक्ष पोख्रेलले बताए । 

पैनीको जग्गा खोजी गर्ने क्रममा हालसम्म आधा दर्जन बढी भौतिक संरचना भत्काइएको वडाध्यक्ष पोख्रेलले बताए । जसमा ३ वटा भवन, ३ वटा पर्खाल रहेको छ ।

इटहरी ६ का ५७ वर्षीय नविन पौडेल यस्ता पैनी नालाहरू अझै खोजी हुनुपर्ने बताए । नाला तथा पैनी पुरेर घर बनाइदिनाले इटहरी सामान्य बर्खामा पनि डुबान हुने गरेको बताउँदै पौडेलले अब यो समस्या समाधान हुनेमा ढुक्क रहेको बताए । त्यस्तै इटहरी ६ कै नम्रता कार्कीले यस ठाउँमा पैनी रहेको जानकारी नै नभएको बताइन् । 
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise