२०८१ चैत १६ गते शनिवार / Mar 29 , 2025 , Saturday
२०८१ चैत १६ गते शनिवार
Ads

गाउँपालिका र स्थानीयको सहयोगमा महिलाको उद्धार, उपचारका लागि पठाइयो काठमाडौं

draupadi film
सत्यराज सिंह
२०८१ चैत १३ गते १४:४३
गाउँपालिका र स्थानीयको सहयोगमा महिलाको उद्धार, उपचारका लागि पठाइयो काठमाडौं

बझाङ : बझाङको साइपाल गाउँपालिका–५ स्थित न्युनाकी ५० वर्षीया ढुन्की बोहराको उद्धार गरिएको छ । आर्थिक अभावका कारण उपचार गराउन नसकेकी उनी ४ महिनादेखि घरमै बसेकी थिइन् । बुधबार गाउँपालिकाले उद्धार गरेर बोहरालाई उपचारका लागि काठमाडौं पठाएको छ ।

उनका श्रीमान मानसिंह बोहराका अनुसार केही वर्ष अगाडि उनलाई दायाँ खुट्टामा चिलाउने र दुख्ने समस्या सुरु भएको थियो । त्यसको उपचार गर्ने क्रममा ढुन्कीको कोहलपुरमा खुट्टाको औंला काट्नु परेको थियो । तर केही समयपछि सोही समस्या बाँया खुट्टामा पनि देखिएको थियो । तर आर्थिक अभावका कारण उनी उपचारबाट बञ्चित भएकी थिइन् ।

ढुन्कीको उपचारका लागि स्थानीय र साइपाल गाउँपालिकाको सक्रियतामा आर्थिक सहायता संकलन गरेर उद्धार गरिएको ढुन्कीका श्रीमान मानसिंहले बताए ।

साइपाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा तामाङले आर्थिक सहयोग संकलन गरेर ढुन्कीलाई उपचारका लागि काठमाडौं पठाइएको जानकारी दिइन् । उनले भनिन्, ‘हामीले स्थानियसँग मिलेर पैसा संकलन गरी ढुन्की बोहरालाई काठमाडौं पठाएका छौं । पालिकाले पनि उनलाई आर्थिक सहयोग गर्नेछ । उहाँको उपचारका लागि सकेको सहयोग गरिदिन सबैलाई अनुरोध छ ।’

ढुन्कीका श्रीमान मानसिंहले भने, ‘आर्थिक अभावले उपचार गराउन सकिनँ । अहिले सबैको सहयोगको आशा गरेको छु । उपचारका लागि सबैजनाले सकेको सहयोग गरिदिनुहुन अनुरोध छ ।’

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise