२०८१ चैत १६ गते शनिवार / Mar 29 , 2025 , Saturday
२०८१ चैत १६ गते शनिवार
Ads

ट्रेड युनियन संजालले माओवादी अध्यक्ष दाहाललाई बुझाए मागपत्र

draupadi film
मध्यान्ह
२०८१ चैत १३ गते १६:०२
ट्रेड युनियन संजालले माओवादी अध्यक्ष दाहाललाई बुझाए मागपत्र

काठमाडौं : संयुक्त कर्मचारी ट्रेड युनियन संजालको प्रतिनिधमण्डलले निजामती विधेयकमा समेट्नुपर्ने १९ बुँदे मागपत्र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।

सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालय पुगेर बुधबार उनीहरूले संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने अन्तर्वस्तु सम्बन्धमा संजालका साझा धारणाको रुपमा मागपत्र बुझाएका हुन् ।

निजामती विधेयक प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ । उक्त विधेयक संघीयता कार्यान्वयनसँग समेत जोडिएको विधेयक हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise