२०८१ चैत १७ गते आइतवार / Mar 30 , 2025 , Sunday
२०८१ चैत १७ गते आइतवार
Ads

सेन्ट्रल प्लाजा आगलागी, ७ घण्टामा नियन्त्रण

आकाश भरी अनाधिकृत ड्रोन

draupadi film
तेज बन
२०८१ चैत १३ गते २१:५९
सेन्ट्रल प्लाजा आगलागी, ७ घण्टामा नियन्त्रण

सुनसरी : सुनसरीको इटहरीस्थित मुख्य चौकमा रहेको व्यवसायिक कम्प्लेक्स सेन्ट्रल प्लाजामा बुधबार भिषण आगलागी भएको छ ।

भवनको पाँचौ तलाबाट सुरू भएको आगलागी ७ घण्टा पछि नियन्त्रणमा आएको थियो । विद्युत सर्ट भएर आगलागि भएको प्रहरीको प्रारम्भिक अनुमान छ । कम्प्लेक्सको पाँचौ तलामा रहेको श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पिटालिटीको कार्यालयबाट सुरू भएको आगलागी १० तलासम्म क्षति पु¥याएको सेन्ट्रल प्लाजाका सञ्चालक राजेस श्रेष्ठले बताए ।

बुधबार बिहान ९ः४४ बजेबाट सुरू भएको आगलागी दिउसो ३ः५० बजे नियन्त्रणमा आएको थियो । आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको थियो । छतमा फसेका ३ जनालाई भने काठमाडौबाट आएको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

आगो नियन्त्रणमा लिन इटहरी, धरान सहित विराटनगर, दुहवी, रामधुनी, सुन्दरहरैचाबाट ९ वटा दमकल प्रयोग गरिएको थियो भने सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना सहित ३५५ जनाको टोली खटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए ।

इटहरीको सेन्ट्रल प्लाजामा भएको आगलागी दोस्रो पटक हो । पहिलो पटक १७ असार २०७६ मा ग्राउन्ड फ्लोरमा आगलागी भएको थियो । त्यो बेला पनि विद्युत सर्ट भएर आगलागी भएको थियो । आगलागीबाट पाँचौ तलामा रहेको कार्यालय, सेमिनार हल , छैठौ तलामा रहेको सिनेमा हल , फुड क्याफे , सातौ तलामा रहेको होटल बरान्डा लगायतमा ठुलो क्षती पुगेको सञ्चालक श्रेष्ठ बताए । 

आकास भरी अनाधिकृत ड्रोन

इटहरिको मुख्य चौकमा आगलागी भइरहदा आकासमा भने अनाधिकृत ड्रोन उडाएर भिडियो लिनेहरूको भिड थियो । आगलागीको घटनाको भिडियो खिच्नकै लागि ड्रोन सेन्ट्रल प्लाजा वरिपरि घुमाइएको थियो । ड्रोनबाट कुनै पनि घटना वा केहि कुराको दृश्य संकलन वा खिच्न परे जिल्ला प्रसाशन कार्यालय सुनसरीबाट अनिवार्य अनुमती लिनुपर्ने हुन्छ तर आफुखुसी ड्रोन उडाएर भिडियो बनाउनेको जमात बेग्लै देखिएको थियो । प्रहरी प्रसाशनकै अघि खुलेमा ड्रोन उडाइदा पनि त्यसलाइ नियन्त्रण गर्ने तर्फ ध्यान भने गएको थिएन । बिपतको बेला उद्धार गर्नैमा फोकस हुने भएकोले त्यता ध्यान नगएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए ।  
 

ADV

सम्बन्धित खबर

Advertise