२०८१ चैत १७ गते आइतवार / Mar 30 , 2025 , Sunday
२०८१ चैत १७ गते आइतवार
Ads

घुस लिने र दिने दुवैविरुद्ध भ्रष्टाचार मुद्दा

draupadi film
मध्यान्ह
२०८१ चैत १४ गते १६:०३
घुस लिने र दिने दुवैविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं :अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवैजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७ का तत्कालीन वडा सचिव प्रभात लामिछाने र सोही वडाका दिनेश लामिछानेविरुद्ध विशेष अदालत काठमाडौंमा बिहीबार अख्तियारले मुद्दा दायर गरेको हो ।

जन्म दर्ता र कागजातमा जन्म मिति सच्याउने प्रयोजनका लागि घुस लिएको र दिएको दाबी अख्तियारको छ ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार वडासचिव लामिछानेले जन्म दर्ता र अन्य कागजातमा जन्म मिति सच्याइदिने भन्दै दिनेशबाट २ लाख ५० हजार घुस लिएको पुष्टि हुन आएपछि मुद्दा दायर भएको हो ।

वडा सचिव लामिछानेले भनेजति रकम दिनेशले नै उनको बैंक खातामा जम्मा गरिदिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

लामिछानेले पहिले नै दिनेश दयालु लामिछाने नामबाट जन्म दर्ता, जन्म मिति कायम गरी दर्ता भइसकेको अवस्थामा पुनः दिनेश लामिछानेको नाममा जन्म मिति र जन्म दर्ता गरी आफूले निर्वाह गर्नुपर्ने पदीय अधिकारको दुरुपयोग गरेको अख्तियारको ठहर छ ।

दुवैजनामाथि २ लाख ५० हजार बिगो बमोजिमको जरिवाना र सजायको माग गरिएको छ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise