काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईँले शक्ति प्रदर्शनको अघिल्लो दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न प्रसाई निर्मल निवासमा पुगेका थिए ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईँले शुक्रबार राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा प्रदर्शन गर्दैछन् ।
फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्रले आफूलाई सहयोग गर्न सार्वजनिक रूपमै आह्वान गरेपछि राजावादीहरूले सक्रियता बढाएका छन् । फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र पोखरा भ्रमणबाट काठमाडौं फर्किँदा राजावादीहरूले उनको स्वागत गरेका थिए ।