२०८२ कार्तिक १७ गते सोमवार / Nov 03 , 2025 , Monday
२०८२ कार्तिक १७ गते सोमवार
Ads

शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नगर्न सरोकारवालाको माग

shivam cement
२०८१ चैत १४ गते २२:१९
शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नगर्न सरोकारवालाको माग

काठमाडौं : राज्यव्यवस्था र व्यवस्थापनसँग विभिन्न विषय राख्दै आन्दोलन गरेका पक्षसँग वार्ता गर्न र शान्तिपूर्ण मागमा बल प्रयोग नगर्न सरोकारवालाले माग गरेका छन् । 

बिहीबार विभिन्न क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तिहरूले संयुक्त भेलापश्चात अपिल गर्दै जनताले उठाएका मागप्रति एक्यबद्धता समेत व्यक्त गरेका छन् ।

उनीहरूले विभिन्न मागहरूसहितका आन्दोलनरत पक्ष, सरकार पक्ष, राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाहरू तथा सम्पूर्ण सरोकारवालाहरूलाई सम्बोधन गर्दै अपिल गरेका छन् ।

‘वर्तमान व्यवस्था र व्यवस्थापन दुवैप्रति जनतामा रहेका गुनासाहरु र सोको सुधारका लागि जनताले उठाएका शान्तिपूर्ण आवाजहरुप्रति यो भेला ऐक्यबद्धता प्रकट गर्दछ’, अपिलमा भनिएको छ,‘आन्दोलनका स्वरुपहरुलाई पूर्ण रुपमा अहिंसात्मक र शान्तिपूर्ण बनाउन पनि यो भेलाले आन्दोलनरत पक्षसँग अनुरोध गर्दछ ।’

अपिलमा आन्दोलनलाई अनियन्त्रित हुन नदिन सरकारपक्षबाट यथाशीघ्र वार्ता र सहमति, वार्ता र संवादका लागि आह्वान गर्दै जनताका शान्तिपूर्ण आवाज र मागहरूविरुद्ध राजनीतिक नेतृत्व तथा सरकारी तहबाट अशिष्टि अभिव्यक्ति तथा प्रतिकारात्मक गतिविधि एवं बल समेत प्रयोग नगर्न समेत अनुरोध गरिएको छ ।

साथै अपिलमा आन्दोलनमाथि राष्ट्रिय, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्था, पर्यवेक्षकहरूलाई निष्पक्ष तथा विवेकपूर्ण अनुगमनका लागिसमेत अनुरोध गरिएको छ । 

संयुक्त रूपमा जारी विज्ञप्तिमा भाष्करराज राजकर्णिकार, कुशकुमार जोशी, भवानी राणा, मनिषा कोइराला, विनोदबहादुर श्रेष्ठ, अनिल जोशी, राजाराज गिरि, किशोर थापा, दीपक गिरि, भीम उदास, युवराज घिमिरे, डा.उत्तमकृष्ण श्रेष्ठ र किशोर प्रधानले हस्ताक्षर गरेका छन् । 

त्यस्तै, विज्ञप्तिमा सुरेन्द्रवीर मालाकार, दिरेकलाल श्रेष्ठ, आशिष शेरचन, निर्मलराज पौडेल, मधुसूदन थापा, श्याम कँडेल, टीकाराम यात्री, जीवराम भण्डारी, दुर्गाबहादुर थापा, यज्ञराज अधिकारी, विक्रम पाण्डे, जेसन वैद्य, डा. गोपाल तिवारी, ए.जी शेर्पा, स्वागत नेपाल र सर्वेन्द्र खनालको पनि हस्ताक्षर रहेको छ ।


 

ADV

सम्बन्धित खबर