२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

‘लुम्बिनी प्रदेशमा कुपोषण न्यूनीकरणका लागि विशेष पहल’

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ चैत १६ गते २१:४२
‘लुम्बिनी प्रदेशमा कुपोषण न्यूनीकरणका लागि विशेष पहल’

अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने गरी महिला जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताएका छन्  ।

लुम्बिनी प्रदेशस्तरीय महिला जनप्रतिनिधिहरूको अन्तरसंवाद कार्यक्रमलाई भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले महिलाहरूलाई समानुपातिक भन्दा पनि प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत प्रतिस्पर्धा गरेर अघि बढ्ने वातावरण बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे । सिद्धार्थनगरपालिकाको आयोजनामा ‘नेतृत्वमा महिलाको सहभागिता, न्याय र दिगो विकासको आधारशिला’ भन्ने मान्यताका आधारमा अन्तरसंवाद गरिएको थियो ।

त्यसअवसरमा मुख्यमन्त्री आचार्यले मानवीय विकासका लागि तीन तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताए  । ‘तथ्यांकका हिसाबले हेर्ने हो भने मातृ मृत्युदर, बाल मृत्युदर अन्य प्रदेशको तुलनामा उच्च छ । कुपोषण पनि बढ्दो छ । यी समस्या समाधान गर्न तीन तहका सरकारले विशेष ध्यान दिनुपर्ने छ । सीमान्तकृत समुदायमा जनचेतनाको अभिवृद्धिका लागि विशेष जोड दिनुपर्छ । जसरी हामीले जनचेतना अभियान चलाउनुपर्ने हो, त्यो चलाउन सकेनौँ कि एक पटक समीक्षा गर्न जरुरी छ,’उनले  भने ।

उनले थपे, ‘प्रदेशमा कुपोषण अन्त्यका लागि पोषण विशेष कार्यक्रम थालेका छौँ । पौष्टिक आहारका कार्यक्रम अघि बढाएका छौँ । तर, यतिले मात्र पुग्दैन । जबसम्म लक्षित वर्गसम्म जनचेतनाको कार्यक्रम पु¥याउन सक्दैनौँ, समस्याको समाधान सम्भव छैन । यसमा सबै पक्षले ध्यान दिन जरुरी छ ।’

उनका अनुसार भौतिक पूर्वाधारको विकास जतिसुकै गरे पनि चेतनाको विकास नभएसम्म त्यसको अर्थ हुँदैन । लुम्बिनी प्रदेशमा तीन तहका जनप्रतिनिधिहरूलाई एकै थलोमा भेला गराएर प्रदेशको समृद्धिमा योगदान पु¥याइएको उनले बताए  ।

काम गर्ने क्रममा देखा परेका समस्याहरूलाई सहकार्यबाट समाधान गर्न सकिने उल्लेख गर्दै कानुनी जटिलता फुकाउन प्रदेश सरकारले ध्यान दिने पनि मुख्यमन्त्री आचार्यले बताए ।

ADV

सम्बन्धित खबर

Advertise