कपिलवस्तु : काठमाडौं तीनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको निधनप्रति नेपाल पत्रकार महासंघ, कपिलवस्तु शाखाले दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
पत्रकार महासंघले यस घटनाको निन्दा गर्दै दोषी उपर कडा कारबाहीको माग गरेको छ । न्याय सुनिश्चित गर्न तथा पत्रकार र संचारमाध्यमहरूको सुरक्षा प्रत्याभूति गर्न सरकारसँग तत्काल कदम चाल्न महासंघले माग गरेको छ ।
यस्तै महासंघ शाखाले पत्रकार रजकको बलिदानलाई निःस्वार्थ सत्य पत्रकारिताको प्रतीक मानिँदै दोषीलाई कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।