२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

पत्रकार रजकको मृत्यु घटनाको सिरहामा विरोध प्रदर्शन

draupadi film
प्रदिप सिंह
२०८१ चैत १६ गते २२:२४
पत्रकार रजकको मृत्यु घटनाको सिरहामा विरोध प्रदर्शन

लहान : काठमाडौं तीनकुनेमा पत्रकार सुरेश रजकको मृत्यु घटनाको नेपाल पत्रकार महासंघ सिरहा शाखाले ध्यानाकर्षण गराएको छ । 

उक्त घटनाको विरोधमा सिरहाका पत्रकारहरूले लहानको पूर्वपश्चिम राजमार्गमा विरोध प्रदर्शन गर्दै शहीद गेट नजिक कोणसभा गरी सरकारलाई घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । 

विरोध कार्यक्रममा सहभागी पत्रकारहरूले ‘पत्रकार मार्न पाइँदैन’, ‘प्रेस स्वतन्त्रताको रक्षा गर’, ‘निष्पक्ष छानबिन गर’ जस्ता नारा लगाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए । पत्रकार महासंघले पत्रकारहरूको सुरक्षाका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गरेको छ । उक्त कोणसभामा सहभागी पत्रकारहरूले न्याय नपाएसम्म संघर्ष जारी रहने चेतावनी दिएका छन् । 
 

ADV

सम्बन्धित खबर

Advertise