२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

पत्रकार रजकको मृत्यु घटनाका दोषीलाई कारबाहीको माग

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ चैत १६ गते २२:२८
पत्रकार रजकको मृत्यु घटनाका दोषीलाई कारबाहीको माग

रौतहट : श्रमजीवी पत्रकार संघ रौतहटले पत्रकार सुरेश रजकको मृत्यु घटनाको छानबिन गर्न माग गरेको छ ।
रौतहट गौरस्थित घण्टाघर चौकमा शनिबार विरोध प्रदर्शनसहित श्रद्धाञ्जली अर्पण गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरिएको हो । 

प्रदर्शनमा सहभागी पत्रकार र समर्थकहरूले विभिन्न नारा लगाउँदै हत्यारालाई कारबाहीको माग गरेका थिए । यो घटना प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षा सम्बन्धी ठूलो चिन्ताको विषय बनेको छ, र यस्ता घटनाहरूको विरोध गर्न र अपराधीलाई दण्डित गर्न माग गरिएको छ । 

राजावादी समर्थकहरुद्वारा गरिरहेको आन्दोलनको समाचार संकलन गरिरहेको समयमा केही अराजक समुहले शुक्रबार गरेको आगजनीको दृश्य खिच्ने क्रममा एभिन्युज टिभीका पत्रकार रजकको जलेर मृत्यु भएको थियो ।
त्यस्तै विभिन्न संचार गृहको भवनमा आगो लगाउने, तोडफोड गर्ने, सवारी साधनमा आगो लगाउने अमानवीय कार्य भएकोमा श्रमजीवी पत्रकार संघ नेपाल रौतहट शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

शाखा अध्यक्ष सन्तोष पौडेलले संचारमाध्यमलाई क्षतिपूर्ति दिन, संचार गृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन सरकारसमक्ष माग गरेका छन् । 

ADV

सम्बन्धित खबर

Advertise