२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

चरेससहित दुई जना पक्राउ

ADV
राहुल गुप्ता
२०८१ असार १९ गते २०:२२
चरेससहित दुई जना पक्राउ

बारा : बारामा लागुऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । सशस्त्र सीमा सुरक्षा गुल्म मटिअर्वा बाराले लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको हो । 

मंगलबार राति बारा कलैया –१० शनिच्ररा मठ इलाकामा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मटिअर्वाबाट सप्रनाउ भवराज कटवालको कमान्डमा खटिएको मोटरसाइकल गस्ती टोलीले दुई जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारत मोतिहारी थाना आदापुर पञ्चायत बेलवाका १८ वर्षीय मनिष कुमार र भारत रामपुर बस्ने २१ वर्षीय भरत साह रहेका छन् । 

नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा हेल्मेट र मोटरसाइकलको सिटभित्र लुकाइ छिपाइ राखेको अन्दाजी १० किलो २३० ग्राम चरेस बरामद गरिएको हो । बरामद सामान, मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise