२०८२ वैशाख २ गते मङ्गलवार / Apr 15 , 2025 , Tuesday
२०८२ वैशाख २ गते मङ्गलवार
Ads

सिन्डिकेट रोक्न र संघलाई प्रभावकारी बनाउन प्रगतिशीलसँग तालमेल र सहकार्य : विमलप्रसाद ढकाल

draupadi film
२०८१ चैत २८ गते ०६:३०
सिन्डिकेट रोक्न र संघलाई प्रभावकारी बनाउन प्रगतिशीलसँग तालमेल र सहकार्य : विमलप्रसाद ढकाल

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष विमलप्रसाद ढकाल संख्या सय समस्याको समाधान नभएसम्म चुनाव गर्नुको कुनै अर्थ नरहने भन्दै गत फागुनमा तोकिएको निर्वाचन सार्ने विषयमा अगुवाइ गर्ने व्यवसायी हुन् । आगामी २९ चैतमा हुने संघ कार्यसमितिको निर्वाचनम पूर्वअध्यक्ष ढकाल आफैं पूर्वअध्यक्ष रहेकोे नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले पार्टीको नीतिविपरीत चुनावी तालमेल गरेकोे र उम्मेदवार छान्ने निर्णयमा अपरिपक्वता देखाएको भन्दै सिन्डिकेट रोक्न र संघलाई प्रभावकारी बनाउन प्रगतिशीलसँग तालमेल र सहकार्य गरेर अघि बढ्ने चुनौतीको बाटोमा अघि बढेका छन् । प्रस्तुत छ, संघका पूर्वअध्यक्ष विमलप्रसाद ढकालसँग संघको निर्वाचनको सन्दर्भमा मध्यान्हले गरेको कुराकानीको सम्पादित अंश :

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नरेश गेलाल नेतृत्वको संयुक्त व्यवसायी समूहको निर्वाचन परिचालन समितिमा हुनुहुन्छ । तयारी कस्तो छ ?

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको अर्को पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीचको तालमेलमा बनेको नरेश गेलाल प्यानलले राजधानीका विभिन्न क्षेत्रमा क्षेत्रीय भेलाहरू सम्पन्न गरेको छ ।

अत्यन्तै प्रखर, अनुभवी र क्षमतावान् व्यवसायीहरू रहेकोे अत्यन्तै सन्तुलित प्यानल बनेका कारण आमव्यवसायीमा नयाँ उत्साह देखिएको छ । सिन्डिकेट रोक्न र संघलाई प्रभावकारी बनाउन प्रगतिशीलसँग तालमेल र सहकार्य गरिएको विषयमा हामीले सबै भेलाहरूमा व्यवसायीलाई बुझाएका छौं, हाम्रा प्रतिबद्धता राखेका छौं ।

प्रमुख ३ घटकको उम्मेदवार प्यानलमा तालमेल, तराईका सबै व्यवसायी र प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संगठनको समर्थनले टिम अतिबलियो अवस्थामा रहेकोे प्रस्ट भएको छ ।

तपाईंहरूको प्यानलका मुख्य एजेन्डा के–के छन् ?

वैदेशिक रोजगार क्षेत्र विगत केही समयदेखि त्रासपूर्ण अवस्थामा छ । हाल विशेषगरी संख्या सयको बाध्यता हटाएर सधैंका लागि समस्या समाधान गर्न संसद्मा विचाराधीन अवस्थामा रहेको वैदेशिक रोजगार ऐनको संशोधन विधेयक पारित गराउन भूमिका खेल्नुपर्ने बाध्यात्मक अवस्था एकातिर छ भने सिन्डिकेटको विषयमा व्यवसायीहरू त्रसित अवस्थामा हुनुहुन्छ । 

सिन्डिकेटलाई परास्त गर्न सकिएन भने साढे ४ सय बढी व्यवसायीको लाइसेन्स नै जाने र धेरै व्यवसायीले जिन्दगीभर गरेकोे पेसा व्यवसायबाट सधैंभरिका लागि हात धुनुपर्ने खतरा छ ।

बायोमेट्रिक, भीएलएन, एससीसी, साउदी भिसा सेन्टर जस्ता विभिन्न नाममा मन्त्रीका कारणले सिन्डिकेट लागेको हो । नेपालको सन्दर्भमा डरलाग्दो अवस्था के देखियो भने मापि(mयासँग साँठगाँठमा रहेकोे तत्त्वले नेपाल र कामदार जाने दुवै देशमा पोलिसीका नाममा सिन्डिकेट खडा गर्ने गरेकोे देखियो ।

विगतमा स्वास्थ्य परीक्षणका नाममा सिन्डिकेट आयो, अहिले २५ वटा म्यानपावर कम्पनीलाई मात्रा मलेसियामा कामदार पठाउन पाउनेगरी डिजाइन तयारी अवस्थामा राखिएको विभिन्न माध्यमबाट सार्वजनिक भइरहेको छ । यस्तो अवस्थामा संघमा आमव्यवसायीका पक्षमा काम गर्ने नेतृत्वको टड्कारो देखियो ।

सिन्डिकेटको विषय विगतमा पनि चुनावी नारा बनेको थियो । यस पटक पनि एक प्यानलले अर्कोतिर आक्षेप लगाउने गरेकोे देखिन्छ । यसले अन्योल बढाएको व्यवसायीहरू बताउँछन् । तपाईं कसरी स्पष्ट गर्नुहुन्छ ?

यस पटक संघको निर्वाचनमा २ प्यानल बनेको प्रस्ट देखिन्छ । गहिरिएर विश्लेषण गर्दा के देखियो भने विगतमा बायोमेट्रिक स्वास्थ्य परीक्षण गराउने मामिलामा जो–जो सक्रिय थिए, उनीहरू एकै ठाउँमा ऐक्यबद्ध भएर लागेका छन् ।

उनीहरू संघमा केही गर्न नसक्नेलाई ‘डमी’ नेतृत्व स्थापित गर्ने योजनामा छन् । नेतृत्वलाई सानो लोभलालचमा फसाएर काम गराउने योजनामा छन् । विगतमा हामीले बनाएका अध्यक्ष सानातिनो लोभलालचमा फसे ।

तत्कालीन मन्त्रीले तत्कालीन अध्यक्षलाई किनेर बायोमेट्रिक लगाए । अहिले नरेश गेलालको नेतृत्वमा राजनीतिक र व्यावसायिक रूपमा परिपक्व टिम आएको छ । सिन्डिकेटलाई परास्त गरेर व्यवसायीको हित रक्षा गर्ने क्षमता यो टिमले राख्छ । यसमा व्यवसायी अलमलिएको मैले पाएको छैन ।

यस पटक नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको पूर्वअध्यक्ष भइसकेको व्यक्तिले संस्थागत निर्णयका विरुद्ध गएर अराजकतालाई टेवा दिएको टिप्पणी सुनियो ? यसमा के भनाइ छ ?

तपाईंले उठाउनुभएकोे आरोप र प्रश्न मैले पनि सुनेको छु । एसोसिएसन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो । मसमेत साथीहरूको मिहिनेतमा यो संस्था स्थापना भएको हो । लोकतान्त्रिकको इतिहासमा म संघको अध्यक्षको उमेदवार बन्दा नेपाली कांग्रेसबाट आधिकारिक पत्र आएको हो । नेपाली कांग्रेसले मलाई आधिकारिक उम्मेदवार भनेर रेकोगनाइज गरेकोे हो ।

उक्त निर्णयपछि केही साथीहरूले मान्छु भनेर सहीछाप गर्नुभयो । तर, अन्यत्र गएर उम्मेदवार बन्नुभयो । ती साथीहरू अहिले नेतृत्व भनेर हिँडिरहनुभएको छ । त्यसमा पनि यस पटक के भयो भने एउटा समुदायको राष्ट्रिय चाड ल्होसारको बिदाको दिन मध्यरातमा अनायास निर्णय गरियो, किन त्यसरी निर्णय गरियो अहिलेसम्म स्पष्ट जानकारी छैन । त्यही पनि मिलेर जाऊँ भनेर पटक–पटक छलफल गरियो तर मान्नुभएन । 

अहिले स्पष्ट भयो– उहाँहरू सिन्डिकेटको ग्रान्ड डिजाइनमा हुनुहुँदो रहेछ । प्राविधिक बहुमत देखाएर निर्णय लाद्ने षड्यन्त्र देखियो । विगतमा पनि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको अध्यक्ष हुँदा सिन्डिकेट लाग्यो, त्यो मान्छे को हो, सबैलाई थाहा छ ।

अहिले प्राविधिक नेतृत्वमा रहेका साथीहरूको योगदान र आचरण परीक्षणको घेरामा परेको छ । प्राविधिक बहुमतले संस्थाको आदर्श मार्न पाइँदैन । अर्कातर्फ अहिलेको राष्ट्रिय राजनीतिको परिवेश केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेको सरकार छ । अन्य साना पार्टी सहभागी छन् ।

नेपाल पत्रकार महासंघ र नेपाल बार एसोसिएसनमा दुवै पक्ष सहमतिमा उम्मेदवार बनेर आएको अवस्था छ । अहिलेको सरकारमा महत्त्वपूर्ण जिम्मेवारीमा रहनुभएका आदरणीय गृहमन्त्री रमेश लेखकज्यूसँग छलफल हुँदा पनि एमालेसँग तलदेखि माथिसम्म मिलेर जाने र अन्यलाई समेट्न भनिएको हो ।
तर, प्राविधिक बहुमतमा रहेकोे नेतृत्वले पार्टीको निर्देशन लत्याएर गणतान्त्रिक मञ्चसँग तालमेल गर्‍यो । यसरी हुँदैन, सिन्डिकेट लागू गर्नेलाई किन अगाडि बढाइयो । संस्थालाई बचाउन यस पटक कठोर निर्णय गर्नुपरेको हो ।

संघका वर्तमान अध्यक्ष मूलतः सेवा शुल्क परिमार्जन, मागपत्र प्रमाणीकरणको समस्या समाधान, व्यवसायीविरोधी ऐेन कानुन खारेजी र भवन निर्माणको चुनावी प्रतिबद्धतामा निर्वाचित भएका हुन् । बल्लतल्ल भवन खरिद भयो । त्यो पनि पूरै टुंगिएको छैन । यस्तो अवस्थामा वर्तमान कार्यसमितिमाथि तपाईंको यति धेरै भरोसाको आधार के हो ?

जोसँग हामीले मिलेर प्यानल बनाएका छौं, त्यो पार्टीको नीति र व्यवसायीको हितमा छ ।

तपाईंको भनाइका बाबजुद आफूहरूलाई जीवनभर कांग्रेसी मतदाता मान्नेहरू अन्योलमा छन् । के भन्नुहुन्छ ?

अन्योल केही छैन । मैले नेपाल पत्रकार महासंघ र नेपाल बार एसोसिएसनको उदाहरण दिएर भनिसकें । सिन्डिकेट रोक्न र संघलाई प्रभावकारी बनाएर व्यवसायीका समस्या समाधान गर्न प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको टिम र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीच तालमेलमा बनेको नरेश गेलाल प्यानललाई मतदान गर्न मेरो आह्वान छ ।

ADV

सम्बन्धित खबर

Advertise