२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

बर्दियामा एनपिएल ट्रफी प्रदर्शन

shivam cement
दीपकलाल श्रेष्ठ
२०८२ कार्तिक १७ गते २२:०१
Shares
बर्दियामा एनपिएल ट्रफी प्रदर्शन

बर्दिया : नेपाल प्रिमियम लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण सुरु हुनुअघि ट्रफी प्रदर्शन यात्राको क्रममा सोमबार बर्दियाको गुलरियामा ट्रफी प्रदर्शनी गरिएको छ ।

गुलरिया नगरपालिका–६, राधाकृष्ण चोकमा आयोजित कार्यक्रम नेपाल क्रिकेट संघ (क्यान) र लुम्बिनी लायन्स टिमको सहकार्यमा सम्पन्न भएको हो ।

ट्रफी बर्दियाको सदरमुकाम ल्याइँदा स्थानीय बासिन्दा, पूर्वक्रिकेट खेलाडी, विद्यार्थी र युवाहरूले नाराबाजी र फूलमालासहित स्वागत गरेका थिए । कार्यक्रममा गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतम, पूर्व राष्ट्रिय खेलाडी सागर थापा, मनोज गुप्ता, देवर थापा, संजीव सोमै, अनिल श्रेष्ठ, देव ढुंगाना र आदर्श शर्मालगायत उपस्थित थिए ।

नेपाल क्रिकेट संघ बर्दियाको पहलमा ल्याइएका उक्त ट्रफी प्रदर्शनले स्थानीय क्रिकेटप्रेमीहरूमा आगामी लिगप्रतिको उत्साह थप बढाएको छ ।

आठ टिमको सहभागितामा हुने एनपिएलको दोस्रो सिजन मंसिर १ गतेबाट कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुँदैछ ।

ADV

सम्बन्धित खबर