२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

अनुमानित राजस्व नउठ्ने संकेत

ADV
मध्यान्ह
२०८१ असार २० गते २०:४०
अनुमानित राजस्व नउठ्ने संकेत

काठमाडौं : चालु आर्थिक वर्षको कार्यालय समय नौ दिन बाँकी रहँदा सरकारले लक्षित राजस्वको ६६.६६ प्रतिशत मात्रै संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार असार २० गतेसम्म सरकारले ९ खर्ब ८१ अर्ब ५२ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।

जबकि सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयकाअनुसार सरकारले समीक्षा अवधिसम्म निर्धारित लक्ष्यमध्ये कर राजस्व ६६.०८ प्रतिशत, गैरकर राजस्व ७९.५९ प्रतिशत र अनुदान ५.५२ प्रतिशत हासिल गरेको छ ।

राजस्व आम्दानी जस्तै सरकारले समीक्षा अवधिमा खर्च पनि लक्ष्यअनुसार गर्न नसकेको देखिएको छ । असार २० गतेसम्म सरकारले लक्ष्यको ७३.१८ प्रतिशत मात्रै खर्च गरेको छ । महालेखा कार्यालयको तथ्यांकअनुसार समीक्षा अवधिसम्म चालु खर्च अन्तर्गत ७३.१८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ७४.२९ प्रतिशत खर्च गरेको छ । तर, पुँजीगत खर्चतर्फ भने सरकारले ५० प्रतिशत भन्दापनि कम ४९.६३ प्रतिशत मात्रै खर्च गरेको छ ।

अहिलेसम्मको सरकारको आम्दानी र खर्चको अवस्था हेर्दा आम्दानीको तुलनामा खर्च ३ खर्बले बढी रहेको छ । पुँजीगत खर्च लगायत चालु आर्थिक वर्षको समयावधिभित्र भुक्तानी गर्नुपर्ने दायित्व भुक्तानी गर्दा सरकारको आम्दानीको तुलनामा खर्चबीचको खाडल ठूलो हुने देखिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise