२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

ईयूको सहयोगमा क्रिएसनको एक करोड २० लाख अनुदान

ADV
मध्यान्ह
२०८१ असार २० गते २०:४५
ईयूको सहयोगमा क्रिएसनको एक करोड २० लाख अनुदान

काठमाडौं : युरोपियन युनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत प्लास्टिकजन्य फोहोरमैला उद्यम व्यवस्थापनका लागि एक करोड २० लाख बराबरको अनुदान रकम दिने भएको छ ।

युरोपिएन युनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत तीन प्रदेशका ६ निजी प्लास्टिकजन्य फोहोरमैला उद्यम सञ्चालन गरी रहेका संस्थालाई प्रदान गरिने परियोजनाका प्रमुख युनिस घिमिरले जानकारी दिए । 

बागमती प्रदेशबाट तीन, मधेश प्रदेशबाट दुई र लुम्बिनी प्रदेशबाट एक गरी जम्मा ६ प्लास्टिकजन्य फोहोरमैला उद्यम सन्चालन गरिरहेका निजी संस्थालाई मूल्यांकनका आधारमा उक्त अनुदान प्रदान गरिने उनले बताए । छनौट भएका प्रति उद्यमलाई २० लाखका दरले अनुदान रकम प्रदान गरिनेछ ।

क्रिएसन नेपालका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले यस अनुदानले प्लास्टिकजन्य फोहोरमैला क्षेत्रमा काम गर्ने निजी उद्यमीहरुलाई संस्थागत र प्राविधिक क्षमता अभिवृद्धि गर्न ठूलो सहयोग हुने विश्वास व्यक्त गरे । 

स्टार्टअपको लागि सम्भवतः निजी स्तरमा पहिलो पटक यति धेरै राशीको अनुदान रकम प्रदान गर्न लागिएको उनले बताए । क्रिएसन नेपालले ग्रिनसिफ्ट परियोजना चार वर्ष समयावधिका लागि तीन प्रदेशको नौ स्थानीय तहमा विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise