२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

एभरेष्ट हस्पिटलले बृहत् निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको आयोजना गर्दै

ADV
कृष्णानन्द भट्ट
२०८१ असार २० गते २२:१०
एभरेष्ट हस्पिटलले बृहत् निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको आयोजना गर्दै

काठमाडौं : एभरेष्ट हस्पिटलले आगामी शनिबारदेखि बहिरंग थप सेवाको साथै बृहत् रूपमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । अस्पतालले थप सेवासँगै शनिबारदेखि  निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान शिविर आयोजना गर्न लागेको हो । 

बिहीबार आयोजित पत्रकार सम्मेलनमा एभरेस्ट हस्पिटलका निर्देशक तथा प्रशासन प्रमुख दीपक चन्द्र बरालले लामो इतिहास बोकेको यो एभरेष्ट अस्पतालले समयानकुल सेवाहरु थप गर्दै आएको र सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएकोले निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको बताए । 

असार २२ गते शनिबारका दिन अस्पतालमै स्थापित ब्लड बैंक सेवा सञ्चालनमा ल्याउने, मिर्गौला बिरामीको लागि हेमोडायलोसिस सेवाको शुरुवात गर्ने समेत उनले बताए । सोही दिनदेखि अस्पतालमा स्थापना गरिको दन्त विभाग, नेत्र विभाग र आइसीयू समेत सञ्चालनमा ल्याउने निर्देशक बरालले बताए । 

पत्रकार सम्मेलनमा निःशुल्क शिविर संयोजक सुरज भुसालले शनिबार पाँच सय युनिट रगत संकलन गर्ने योजना रहेको बताए । सोको निम्ति हस्पिटलले विभिन्न ११ पार्टनर संस्थाको समन्वय गरेको छ । अहिले रगतको अभाव रहेकोेले  एभरेस्ट हस्पिटलको बढी भन्दा बढी रगत संकलन गर्ने योजना रहेको उनले बताए । संयोजक भुसालले एभरेष्ट हस्पिटलमा सञ्चालन हुन लागेको ब्लड बैंकमा ५०० देखि ८०० युनिटसम्म रक्त भण्डारको क्षमता रहेको समेत उल्लेख गरे । 

निःशुल्क स्वास्थ्य शिविर अन्तर्गत सुगर, युरिया, क्रियाटिनिन जाँच, मिर्गौला जाँच समेत गरिने र निशुल्क दन्त तथा आँखा जाँच पनि हुनेछ । शिविरमा दुई सय जनालाई निःशुल्क चस्मा, १ सय ५० जना महिलालाई निःशुल्क स्यानिटरी प्याड, १ सय ५० जनालाई १०० रुपैयाँ शुल्कमा अल्ट्रासाउण्ड गरिने भएको छ । सोही दिनदेखि सञ्चालन हुन लागेको हेमोडायलासिस सेवा अन्तर्गत पहिले नाम दर्ता गराउने १० जनालाई  निःशुल्क सेवा दिने बताइएको छ ।

शिविर आगामी शनिबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने एभरेस्ट हस्पिटलले जनाएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise