२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

वर्षाले नेपाल र अफगानिस्तानबीचको खेलमा ढिलाइ

draupadi film
मध्यान्ह
२०८२ वैशाख ६ गते ११:२४
वर्षाले नेपाल र अफगानिस्तानबीचको खेलमा ढिलाइ

काठमाडौंः मुलपानीमा वर्षा हुँदा नेपाल र अफगानिस्तानबीचको खेल प्रभावित भएको छ । शनिबार बिहान साढे ९ बजेबाट खेल हुने समय रहे पनि वर्षा हुँदा र मैदान ओसिलो हुँदा खेल अझै सुरु हुन सकेको छैन । 

आइसिसी यु १९ पुरुष एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा स्थान बनाउन नेपाललाई आजको खेल जिते मात्रै पुग्छ । प्रतिष्पर्धी अफगानिस्तानलाई पनि नेपाललाई पराजित गरे पुग्छ । समान तीन खेलबाट ६ अंक बटुलेको अफगानिस्ता नेपाल भन्दा नेट रन रेटका आधारमा माथि छ । 

आजको खेल जित्ने टोलीले सन् २०२५ म हुने आइसिसी यु १९ विश्वकपमा स्थन पक्का गर्नेछ । जारी छनोट प्रतियोगितामा आयोजक नेपालसहित संयुक्त अरब इमिरेट्स (युएई), ओमान र हङकङ छन् । 
 

ADV

सम्बन्धित खबर

Advertise