२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बेलायतमा लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किँदै

ADV
मध्यान्ह
२०८१ असार २१ गते ११:३५
बेलायतमा लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किँदै

एजेन्सी : बेलायतमा लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्कन लागेको छ । लेबर पार्टीले सरकार गठनका लागि आवश्यक ३ सय २६ सिटको संख्या पार गरेको छ ।

केयर स्टार्मरको नेतृत्वमा लेबर पार्टी ठूलो विजयतर्फ अघि बढिरहेको छ ।

लेबर पार्टीले हालसम्म ३ सय ९५ सिट जितेको छ भने वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीले हालसम्म १ सय ४ सिट मात्र जितेको छ ।

लेबर पार्टीका स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको छ । स्टार्मरलाई जेरेमी कोर्बिनको स्थानमा २०२० मा लेबर पार्टीको नयाँ नेता चुनिएको थियो ।

मत सर्वेक्षणले बेलायतका कुल ६५० सिटहरुमध्ये लेबर पार्टीले ४१० सिट जित्ने र कन्जरभेटिभ पार्टी १३१ सिटमा समेटिने देखाएको थियो ।

सन् २०१९ मा कन्जरभेटिभ पार्टीले ३६४ सिट जित्दा लेबर पार्टीले २०३ सिट मात्र जितेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise