सन्तोश पौडेल/मध्यान्ह
खोटाङ : आफुले गरेको भाकल पुगेको भन्दै एक महिलाले विश्व प्रसिद्ध त्रीधार्मिक स्थल हलेसी मन्दिरमा सुनको सिक्री चढाएकी छन् । छिमेकी जिल्ला उदयपुरस्थित त्रियुगा नगरपालिका– ६, जलजले गाइघाइटकी प्रभा राईले एक तोला चार लालको सुनको सिक्री चढाएकी हुन् ।
६ वर्ष अगाडि हलेसी महादेवलाई अाफु लोकसेवा आयोगमा नाम निकाली सरकारी जागिरे हुन पाउँ भनी भाकल गरेकी राईले जागिर खाएकाे ६ वर्षमा गत शनिवार सो सुनको सिक्रि मन्दिरमा चढाएकी हुन् ।
राईले बालाचतुर्दशी, रामनवमी, हरिबोधनी, एकादशी जस्ता तिथिको अवसर पारेर महादेवलाई पहिर्याइदिन भन्दै हलेसी महादेव मन्दिर व्यवस्थापन समितिलाई सुन हस्तान्तरण गरेको हलेसी महादेवस्थान विकास समितिका प्रतिनिधि सर्वधन बस्नेतले मध्यान्हलाई जानकारी दिए । हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले दर्शनार्थीले चढाएका सुन,चाँदीका गरगहना शिवजी तथा पार्वतीलाई महत्त्वपूर्ण चाडवाडमा महत्त्वकासाथ पहिर्याइने बताएका छन् ।
उक्त सुनको सिक्री हलेसी महादेवस्थान विकास समितिका प्रतिनिधि सर्वधन बस्नेत, हलेसी गुफाका पुजारी गोपाल गिरी र हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका प्रतिनिधि हर्कराज राईले कागज गरेर बुझेका हुन । अनमी राई हाल उदयपुरस्थित त्रियुगा नगरपालिका–१४ साउने स्वास्थ्य चौकीमा काम गर्दै आइरहेकी छिन ।
समितिलाई लिखित रुपमा कागज गरि राईले आफ्नी आमा मृगाैलाकाे विरामी भएकाले आमाकाे स्वास्थ्य दिर्घायुको कामना गर्नुका साथै अरु बहिनिहरुले पनि आफुजस्तै सरकारी जगिरे बनुन् भनी प्रार्थना गरेकी छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies