दाङ : दाङमा एक व्यक्तिले आफैमाथि गोली चलाएका छन् । तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएका हुन् ।
लाइन्सेन्सवाला बन्दुकले सोमबार घरमै आफैंमाथि गोली चलाएर उनको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीले जानकारी दिए ।
रेडक्रस दाङका पूर्वअध्यक्ष समेत रहेका आचार्यले किन आफैमाथि गोली चलाए भन्ने खुलेको छैन । प्रारम्भिक अनुसन्धानमा आचार्यले आत्महत्या गरेको जस्तो देखिएपनि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।