२०८२ वैशाख ११ गते बिहिवार / Apr 24 , 2025 , Thursday
२०८२ वैशाख ११ गते बिहिवार
Ads

क्यानले सिद्धान्त लोहनीको उपचारका लागि ५ लाख रुपैयाँ दिने

draupadi film
मध्यान्ह
२०८२ वैशाख ११ गते १४:४२
क्यानले सिद्धान्त लोहनीको उपचारका लागि ५ लाख रुपैयाँ दिने

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सिद्धान्त लोहनीको उपचारका लागि ५ लाख रुपैयाँ दिने भएको छ । 

क्यानका प्रवक्ता छुम्बी लामाले एक विज्ञप्ति जारी गर्दै लोहनीलाई उपचारका लागि ५ लाख रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका छन् ।

२०२३ मा महेन्द्रनारायण निधि राष्ट्रिय क्रिकेट प्रतियोगिताका क्रममा लोहनी घाइते भएका थिए । प्रतियोगितामा सिद्धान्तले कोसी प्रदेशको प्रतिनिधित्व गरेका थिए ।

केही समयअघि घुँडाको शल्यक्रिया गराएपछि अहिले उनी थेरापी गरिरहेका छन् । हालसम्म उनको उपचारमा २० लाखभन्दा बढी खर्च भइसकेको छ । अब अझै यही हाराहारीमा थप खर्च लाग्ने अनुमान गरिएको छ ।

विगत दुई वर्षदेखि उपचार गराइरहेका लोहनीले आफ्नो उपचारमा क्यानले बेवास्ता गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेका थिए ।

उनले २०१५ राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत जर्सीविरुद्धको डेब्यू खेलमा सिद्धान्तले १६ बलमा २ चौका र २ छक्काको मद्दतमा २७ रन प्रहार गरेका थिए । 

ADV

सम्बन्धित खबर

Advertise