२०८२ वैशाख १३ गते शनिवार / Apr 26 , 2025 , Saturday
२०८२ वैशाख १३ गते शनिवार
Ads

उदयपुरमा भरुवा बन्दुकसहित १ जना पक्राउ

बिन्द्र राई
२०८२ वैशाख १२ गते १४:३४
उदयपुरमा भरुवा बन्दुकसहित १ जना पक्राउ

उदयपुर : उदयपुरमा भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरको अस्थायी प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरी टोलीले बिहीबार चेकजाँच गर्ने क्रममा २ नाल भरुवा बन्दुकसहित रौतामाई गाउँपालिका वडा नं. ७ संगमचोकबाट १ जनालाई पक्राउ गरेको हो ।

गाईघाटबाट नेपालटारतर्फ जाँदै गरेको प्र ३ ०२ ०१३ प ३३८४ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा लुकाई छिपाई गरी ल्याउँदै गरिएको २ नाल भरुवा बन्दुकसहित उदयपुरगढी गाउँपालिका-७ बस्ने सन्तोष मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पक्राउ परेका मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

ADV

सम्बन्धित खबर