२०८२ वैशाख १४ गते आइतवार / Apr 27 , 2025 , Sunday
२०८२ वैशाख १४ गते आइतवार
Ads

जम्मु–कश्मीर आक्रमणमा मृत्यु भएकाको सम्झनामा श्रद्धाञ्जली सभा

मध्यान्ह
२०८२ वैशाख १३ गते १८:२६
जम्मु–कश्मीर आक्रमणमा मृत्यु भएकाको सम्झनामा श्रद्धाञ्जली सभा

काठमाडौं : भारतीय दूतावासले जम्मु–कश्मीरको पहलगाममा २२ अप्रिलमा  भएको आतंककारी आक्रमणमा परी मृत्यु भएका २६ निर्दोष नागरिकको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

भारतीय राजदूत नवीन श्रीवास्तवले शान्ति र सहअस्तित्वका साझा मूल्यहरूलाई यस्ता क्रूरतापूर्ण घटनाले कमजोर पार्न नसक्ने बताए । उनले भने, ‘हामी दुबै देश मिलेर आतंकवाद रोक्न र नागरिकको सुरक्षित भविष्य सुनिश्चित गर्न प्रतिबद्ध छौं ।’ 

कार्यक्रममा परराष्ट्र मन्त्री डा. अराजू राणा देउवाले सरकारको अडान स्पष्ट पार्दै दूतावाससँगको समन्वयलाई अझ सुदृढ बनाइने प्रतिवद्धता जनाइन् ।

श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला, पूर्वपरराष्ट्र मन्त्री डा. एन.पी. साउद, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईं लगायत सहभागी थिए । 

सभामा वक्ताहरूले पाकिस्तानी सेनाप्रमुखको पछिल्लो अभिव्यक्तिले आतंकवादलाई उक्साउने खतरा बढाएको र क्षेत्रीय तनावमा वृद्धि गर्ने चिन्ता व्यक्त गरे ।

ADV

सम्बन्धित खबर