२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा सातै प्रदेशमा कार्यक्रम

ADV
मध्यान्ह
२०८१ जेठ २२ गते २०:४७
हिमालयन लाइफ इन्स्योरेन्सद्वारा सातै प्रदेशमा कार्यक्रम

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्सले सातै प्रदेशमा विभिन्न कार्यक्रम गरी १६औं वार्षिकोत्सव बनाएको छ । सो अवसरमा कम्पनीले विभिन्न आश्रम तथा विद्यालयका विद्यार्थीहरुलाई खाद्यान्न र स्टेशनरी सामग्री वितरण गरेको छ ।

कम्पनीले कोशी प्रदेश अन्तर्गत बिराटनगरमा पूर्वाञ्चल बाल सेवा आश्रमलाई स्टेशनरी तथा बिराटेश्वर वृद्धाश्रमलाई निर्माण सामाग्री, बिर्तामोड स्थित नमस्ते बाल तथा वृद्धाश्रमका बालबालिकाहरुलाई शैक्षिक सामाग्री र वृद्धवृद्धाहरुको लागि खाद्यान्न वितरण गरेको छ । कम्पनीले मधेश प्रदेश अन्तर्गत जनकपुर स्थित रामजानकी वृद्धाश्रम, बर्दिबास स्थित भुवनेश्वरी वृद्धाश्रम र वीरगंज स्थित मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । 

यसैगरी कम्पनीले बागमती प्रदेश अन्तर्गत अपांग पुनस्र्थापना केन्द्र गोकर्णमा खाद्यान्न वितरण, चितवन देवघाट स्थित रामजानकी आश्रममा शैक्षिक सामाग्री वितरण गरिएको छ भने गण्डकी प्रदेश अन्तर्गत बाग्लुङको मानव सेवा आश्रममा खाना खुवाउने, लमजुङ बेशीशहर स्थित लमजुङ विद्यालयका ४० जना विद्यार्थीहरुलाई स्टेशनरी वितरण, पोखरा स्थित वल्डएज होममा खाद्यान्न वितरण गरेको छ । 

लुम्बिनी प्रदेश अन्तर्गत बुटवल स्थित अपाङ्ग आश्रम, नेपालगंज, पाल्पा र घोराही स्थित निलसागर सेवा आश्रम, कपिलबस्तु स्थित कैलाश आश्रममा पनि कम्पनीले सहयोग गरेको छ । त्यस्तै कम्पनीले कर्णाली प्रदेशको सुर्खेत स्थित मानव सेवा आश्रम, सुदुरपश्चिम प्रदेश अन्तर्गत टिकापुर स्थित साहारा घर, डडेल्धुरा स्थित उग्रतारा संस्कृत विद्यालय, झलारी स्थित विद्यालयमा र धनगढी स्थित परिवार वालगृहमा पनि सहयोग गरेको जनाइएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise