२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

स्टार्टअप नीति पारित भएकोमा महासंघको स्वागत

ADV
मध्यान्ह
२०८१ जेठ २२ गते २०:५३
स्टार्टअप नीति पारित भएकोमा महासंघको स्वागत

काठमाडौं : नेपाल उद्योग वाणिज्य महसंघले स्टार्ट अप नीति पारित भएकोमा खुसी व्यक्त गरेको छ । मंगलबार महासंघमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्ट अप विस्तारमा यो नीति महत्त्वपूर्ण कोशेढुंगा भएको बताए ।

 

दुई वर्षअघि महासंघले नीतिको मस्यौदा तयार पारी सरकारलाई बुझाएको महासंघले जनाएको छ । यसलाई थप छलफल गरी मन्त्रिपरिषद्ले पारित गरेको छ । विकसित देशहरुमा स्टार्टअप स्थापित भएसँगै नेपालमा पनि यसको चर्चा र चासो हुन थालेको महासंघले बताएको छ ।

 

व्यवसायमा नयाँ सोचको प्रार्दुभाव भइरहेका र स–सानो लगानीमा नयाँ विचारसहित व्यवसाय उदाउन थालेको समेत महासंघको भनाइ छ । स्टार्टअप नीति २ जेठमा पारित भएको हो । महासंघका अध्यक्ष ढकालले महासंघ स्टार्टअप एण्ड इनोभेसन फोरम, मन्त्रालय लगायतको अमूल्य योगदान रहेको बताए । धेरै छलफलबाट खारिएर आएकोले स्टार्टअप व्यवसायका लागि महत्वपूर्ण हुने उनले बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise