२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

दोस्रो एसियन योगासना स्पोटर्समा नेपाललाई ३९ पदक

shivam cement
२०८२ वैशाख २० गते १८:०५
Shares
दोस्रो एसियन योगासना स्पोटर्समा नेपाललाई ३९ पदक

काठमाडौंं : भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा सम्पन्न ३ दिने दोस्रो एसियन योगासना स्पोर्ट च्याम्पियनसिपमा नेपालले २७ रजत र १२ कांस्य पदक हासिल गर्न सफल भएको छ । 

२१ देशको सहभागिता रहेको यस च्याम्पियनसिपमा कुल ८७ पदकसहित भारत पहिलो स्थानमा आएको छ । २५ अप्रिलमा सुरु भई २७ अप्रिलसम्म प्रतियोगिता खभएको थियो ।

नेपालको तर्फबाट २४ खेलाडीले भाग लिएको प्रतियोगितामा विभिन्न योगासनको १२ विधिमा उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।

नेपाल योग खेलकुद संघका अध्यक्ष डा.सूर्यबहादुर कार्की, महासचिव चूडामणि खरेल तथा कोच डा.आनन्द गैरेको नेतृत्वमा गएको नेपाली खेलाडीको टोलीमा विभिन्न उमेरसमूहका १० देखि ४५ वर्ष उमेरसमूहको खेलाडीले भाग लिएका थिए । जसमा कृतिका केसी, बुद्ध गुरुङ, चाँदनी परियारलगायतका खेलाडीले रजत तथा कांस्य पदक हात पारेका थिए । प्रतियोगितामा नेपाली टोलीको व्यवस्थापन परशुराम आचार्य र चन्द्र सापकोटाले गरेका थिए । 

त्यसैगरी, नेपालबाट डा. संग्राम पुरी, केदारनाथ बस्ताकोटी र पुष्करराज पन्तले अन्तर्राष्ट्रिय निर्णायकका रूपमा प्रतियोगितामा सहभागिता जनाएका थिए ।

च्याम्पियनसिपमा नेपालसहित भारत, जापान, मंगोलिया, ओमन, उज्बेकिस्तान, श्रीलंका, थाइल्यान्ड, काजकीस्तान, भुटान, हङकङ, बहराइन, मलेसिया, यूएई, बंगलादेश, इरान, दक्षिण कोरिया, चीन, सिंगापुर, भियतनाम र ताइवानको सहभागिता थियो ।

प्रतियोगितामा सहभागिता जनाउने नेपाली खेलाडीहरूमा जय चौधरी, सुशान्त गजुरेल, रिदम लामिछाने, कैवल्य पन्त, सत्यनारायण साह, विवेक यादव, प्रज्ञा गौतम, श्वेच्छा थापा, सुहारिका कार्की, रुविशा डोटेल, संरचना पुरी, समना नेपाली, बिनिशा पण्डित, सोनम वाङ्बो तामाङ, अदीति अधिकारी, अबि चौधरी, सुमन्ता तामाङ, विशिका ढकाल, नीलकमल रोय, राजेन्द्र  रिमाल, अञ्जु श्रेष्ठ, रविना बकी छन् । 

ताजा खबर

सम्बन्धित खबर