काठमाडौं : भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो युद्धको प्रभाव नेपालका सीमावर्ती क्षेत्रहरूमा परेको छ । भारतसँग जोडिएको नाकाहरूमा सशस्त्र प्रहरी बलले चेकजाँच कडाइ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको टोलीले भारतसँग जोडिएका नाकाहरूमा आवतजावत गर्ने सबै नागरिकहरूमाथि कडाइका साथ निगरानी थालेको छ । प्रहरी अधिकारीहरूले भारत जान चाहने नेपाली नागरिकले अनिवार्य रूपमा नागरिकताको प्रमाणपत्र तथा भारतीय आधार कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने बताएका छन् ।
युद्धको संवेदनशीलता र सुरक्षाको दृष्टिले सीमा क्षेत्रमा जोखिम न्युनीकरण गर्न चेकजाँच बढाइएको सुरक्षा अधिकारीहरूको भनाइ छ ।
हालको परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षाकर्मीहरूलाई उच्च सतर्कताका साथ परिचालन गरिएको छ ।