काठमाडौं : प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । अर्को बैठक फागुन २६ गते बुधबार दिउँसो १ बजे बस्नेछ । १० मिनेटका लागि रोकिएको बैठक सूचना टाँसेर स्थगित भएको हो ।
संवैधानिक परिषदसम्बन्धी अध्यादेश सदनमा प्रस्तुत भएकोमा असहमति राख्दै कांग्रेस र जसपाले बैठक अवरुद्ध गरेका थिए ।
संसदको सातौं अधिवेशन शुरु भएकै दिन सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पेश भएपछि कांग्रेस सांसदहरु आफ्नो आसनबाट उठेर वेल घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies